ICAS

५ रुपैयाँको मास्क ३० रुपैयाँमा बेच्नेलाई पोखरामा कारबाही सुरु

एलिजा क्षेत्री / विद्यार्थी पत्रकार

पोखरा / 

Parichay
Infomatics

चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिएसँगै मास्कको सटेज हुन थालेको छ । कतिपयले मास्क सटेज हुनुलाई व्यवसायीहरुले कालोबजारी गर्न खोजेको आरोप लगाएका छन् ।

यस्तो अवस्थामा गण्डकी प्रदेश सरकारले ५ रुपैयाँको मास्क ३० रुपैयाँमा बेच्नेलाई कारबाहीको सुरु गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कास्कीले गण्डकी अस्पताल अगाडीका फार्मेसीहरुमा छड्के जाँच गरेको छ ।

मास्कमा कालोबजारी गरेको पाइएमा फार्मेसीहरुमा सिलबन्दी गरिने जानकारी गराइएको छ । मास्क महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सर्वसाधारणलाई प्रदेश सरकारको अनुरोध छ ।

pokhara internet
Comments
Loading...