ICAS
Rara

सौगात स्टारर मन्त्रको फस्टलुक सार्वजनिक

नायक सौगात मल्ल स्टारर चलचित्र ‘मन्त्र’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक फर्स्टलुक पोस्टरमा कुनै पनि कलाकारलाइ स्थान दिइएको छैन । निर्माण पक्षले चलचित्रको थिम बुझाउने हिसाबमा पोस्टर सार्वजनिक गरेको हो ।

parichay

खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘मन्त्र’ लभ स्टोरी जनराको चलचित्र हो । चलचित्रले हिमाली भेगको प्रेम कथा बोल्छ । चलचित्रमा सौगात मल्ल, बुद्धि तामाङ, दिया पुन, नमिता घिसिङ, वीर बहादुर लामाको मुख्य भूमिका रहेको छ ।

govnotice

‘मुभी र्याक’को ब्यानरमा निर्माण भएको चलचित्रमा मनोज राजभण्डारीको लगानी रहेको छ । देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की, सुरेश कार्की, वीरबहादुर लामा र सुभ श्रेष्ठ सह निर्मातामा रहेका छन् ।संजय लामाले खिचेको चलचित्रलाई मित्र डि.गुरुङले सम्पादन गरेका छन् । चलचित्रको प्रदर्शन मिति तय भइसकेको छैन् ।

pokhara internet
Comments
Loading...