ICAS
Rara

कविता – ‘खोई गाई ? खोलाले बगायो ?’

  • मन क्षेत्री

‘…हामीले यो पायौ
ऊ पायौ
त्यहाँ थियौं
यहाँ आयौं
आदि ईत्यादी पछि
जब कमरेडले ओठ चपाउँदै भन्नुहुन्छ
‘उपलव्धीहरुको रक्षा गर्नुपर्छ’…’

मेरो कन्पारो तातेर आउँछ ।

कस्तो उपलव्धी ?
को हामी ?
सोध्न मन लाग्छ
एकसासमा एकहजार एकसय प्रश्नहरु एकैसाथ

कमरेड,
किन रोक्दैन तपाईको उपलव्धीले दैनिक देश छोडेर उडिरहेको जहाज ?
किन गन्दैन दैनिक लास बोकेर फर्किरहेको कफिन ?
किन पढ्छ मेरो छोरा मैले च्यातेर फालेको त्यही बुर्जवा शिक्षा ?
किन मर्छन उपचार नपाएर हजुरकै शहरमा कोही ?

कागजको माछाले पेट भरिने भए
कमरेड,
उहिल्यै हामीले आँसुको पोखरी बनाईसक्थ्यौ ।

तपाईको निर्देशनमा बनेको फिल्मका स्टन्ट पर्सनजस्ता हामीहरु
स्टन्टमा जोडियौ ।
त्यसपछि छोडिँयौ ।
त्यो सुपरहिट फिल्मको न जस हामीलाई
न अपजसको औकात हाम्रो

aama movie

जसरी फरक छ तपाईको हिजोका हामीहरु र आजका हामीहरुमा
त्यसरी नै फरक छ हाम्रो हिजोका हामीहरु र आजका हामीहरुमा

आ–आफ्नो स्वामित्वका झिक्रा बटुलेर गुँड सार्ने तपाईहरु !
लालसेनाको बर्दी खोसेर अरब पठाउने तपाईहरु !
कुन उपलव्धीको रक्षा गर्नुहुन्छ तपाई ?
तपाईको उपलव्धीलाई आजको बजारभाउले गिज्याउँछ ।
माफियाले मोलमोलाई गर्छ
र दलालले भाउ लगाउँछ ।

जोगाउनुहोस्, निर्धक्क यहाँलाई प्राप्त उपलव्धीहरु

हामीलाई त युद्धमा बेपत्ता छोरो खोज्नु छ ।
गुमेका हात गोडाको उपचार गर्नुछ ।
बनाउनु छ भनेर भत्काएका
भत्काउनु छ भनेर बनाएका
कैयन सपना र विश्वासहरुको छानो टाल्नु छ ।

आफैलाई हेरेर यस्तो लाग्दैन कमरेड ?
जनयुद्ध
पुतली बन्ने अन्तिम प्रकृया थियो ?

मलाई थाहा छ तपाईको जवाफ

‘खोई गाई ? खोलाले बगायो ?
खोई खोलो ? सुक्यो ?

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?