ICAS

कोरोनाका सिकिस्त बिरामीको उपचार गर्न राष्ट्रिय आविष्कार केन्द्रले बनायो एरोसोल बक्स र इमर्जेन्सी भेन्टिलेटर

काठमाडौं । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले कोरोनाका सिकिस्त बिरामीको उपचारमा चाहिने दुई उपकरण तयार पारेको छ । आविष्कार केन्द्रले उपचार गर्दा डाक्टरको सुरक्षाका लागि पनि उपकरण तयार पारेको हो । यसका लागि केन्द्रले एरोसोल बक्स बनाएको पुनले जानकारी सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘एक्रिलिकबाट बनेको यो साधारण बक्स हो । कोरोनाको बिरामीको टाउको  बक्समा छिराएर डाक्टरले बिरामीलाई जाँच्न सक्छन् । यसो गर्दा सो बाकसले बिरामीले हाँच्छिउ गर्‍यो भने तथा बिरामीले फेरेको स्वास सीघै डाक्ट सम्म जानबाट रोक्छ’, उनले भनेका छन्, ‘यसले गर्दा क्टरहरू सुरक्षित हुन्छन् अहिलेसम्म यस्तो बाकस बनाएर वीर अस्पताल र सैनिक अस्पताल छाउनीलाई दिइएको छ । उनले यस्ता उपकरण चाहिएमा ९८४१५९२३६१ मा सम्पर्क गर्न अस्पताललाई आग्रह गरेका छन् ।

Parichay
Infomatics

यस्तै, केन्द्रले इमर्जेन्सी भेन्टिलेटर पनि तयार पारेको छ ।  ‘कोरोनाले ग्रस्त बिरामीहरूलाई स्वास फेर्न यो नभई हुँदैन । आवश्यक परेको खण्डमा अरू यस्तै भेन्टिलेटरहरू तयार गर्न सकिन्छ’, उनले भनेका छन्, ‘यो इमर्जेन्सी भेन्टिलेटर अमेरिकाका अनुसन्धानकर्ताहरूले विकास गरेर खुला रूपमा उपलब्ध गराएको नमुनाको आधारमा यो इमर्जेन्सी भेन्टिलेटर बनाइएको हो ।’

यस्तै, वीर अस्पताल, ट्रमा सेन्टर,  टिचिङ अस्पताल, गंगालाल अस्पताल र सैनिक अस्पताल छाउनीमा भएका बिग्रेका भेन्टिलेटरहरू मर्मत गर्ने काम पनि धमाधम भइरहेको पुनले जानकारी दिएका छन् ।

pokhara internet
Comments
Loading...