ICAS

लकडाउनको नवौं दिन, सुनसान पोखरा (फोटो फिचर)

कोरोना रोकथाममा स्थानीय, प्रदेश र संघ सरकारको समन्वय फितलो

सन्तोष बस्याल

पोखरा /  सरकारले जारी गरेको लकडाउनको आज नवौं दिन पोखरा सुनसान छ । मूख्यबजार पृथ्वीचोक, महेन्द्रपुल, न्युरोड, रानीपौवा, चाउथे, अमरसिहंचोक, विजयपूर, शितलदेवी, मियाँपाटन लगायतका ठाउँहरुका सबै पसल, कलकारखाना, उद्योग बन्द छन् ।

Parichay
Infomatics

दैनिक आवश्यक पर्ने खाद्यन्नका पसलहरु भने छिटफुट रुपमा खुलेको देखिन्छ । जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबारदेखी कडाइ गरेको छ । अत्यावश्यक बाहेक सबै सबारी चल्न दिएको छैन । प्रशासनले यसअघि वितरण गर्दै आएको पासका विषयमा सामाजिक सञ्जाल फेसबुकमा टिकाटिप्पणी आएपछि बुधबारदेखी अनावश्यक पास लिएका समेतलाई रोक लगाइएको छ ।

पोखरामा लकडाउनको अवज्ञा गरेर हिँडडुल गर्नेहरु समेत कम देखिन्छन् । अनावश्यक काममा लकडाउनको पालना नगर्ने, आफ्नो र परिवारको स्वास्थ्यको ख्याल नगर्नेहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले “कान्जी हाउस” मा राखेको थियो । त्यसपछि अवज्ञा गर्नेहरुको जमात घट्दै गएको प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी गराए ।

पोखरा मूख्यचोकहरुमा प्रहरी जवान तैनाथ छन् । महेन्द्रपुलमा भएका मेडिकल पसलहरु समेत बन्द भएको देख्न सकिन्छ । कोरोना भाइरस कोभिड—१९ को संक्रमति गण्डकी प्रदेशमा समेत देखिए लगत्तै मनमा त्रास पाल्नेहरु भेट्न सकिन्छ । पोखरामा भित्रिचोक वा गल्लीहरुमा बिहान बेलुका कोरोनाकै चर्चा हुन थालेको छ । बिहानको चिया गफ होस् या बेलुकीको डिनर कोरोनाले ठाउँ पाएको छ ।

सबैमा शारीरिक सँगै मानसिक चिन्ता बढ्न थालेको छ । दैनिक ज्याला मजदुरी गर्नेहरुलाई कोरोनाले निम्ताएको लकडाउन “फलामको चिउरा चपाएसरी भइरहेको” अनुभव गर्न सकिन्छ । पछिल्लो समय पोखरामा रहेका ज्याला मजदुरी गरेर परिवारलाई पाल्नेहरुलाई महानगरपालिकाले राहतको व्यवस्था समेत गरेको पाइन्छ । तर राहतमा समेत महानगर ओलोचित बनिरहेको छ ।

महानगरभित्र भएका केही वडाले सामूहिक भिडभाड गराइ राहत वितरण गर्न थालेपछि आलोचित बन्नुपरेको हो । प्रदेश सरकारको क्वारेन्टाइनमा बसेकाहरुले समेत गुनासो पोख्न थालेका छन् । कहिले पौष्टिक आहारको गुनासो सुनिन थालेको छ भने कहिले क्वारेन्टाइनमा स्वास्थ्य जाँच गर्ने चिकित्सकको कमी भयो भन्ने गुनासो सुन्नुपरेको छ ।

प्रदेशका कतिपय गाउँपालिकामा क्वारेन्टाइनको भरपर्दो व्यवस्था हुन सकिरहेको छैन । अभावै अभावमा चल्नुपर्ने स्थिति छ । स्थानिय, प्रदेश र संघ सरकारको समन्वय फितलो हुँदा समस्या नागरिकले झेल्नुपरिरहेको छ । जे छ त्यसैमा चित्त बुझाउनुपर्ने बाध्यात्मक परिस्थिति छ ।

कोरोनाले गाउँलाई छोए सामान्य उपचार गराउन समेत समस्या छ । वडा, गाउँपालिका प्रदेश सरकारको आश गरेर बसीरहेको छ भने प्रदेश संघको । मानिसको दैनिक आर्थिक आय कमजोर बन्दै गएको छ । गाउँदेखी शहरसम्म केही आशा गरेर आउनेहरुले बिहान बेलुका हातमुख कसरी जोड्ने भन्ने समेत चिन्ता हुन थालेको छ ।

सरकार घरमै आएको छ । तर विडम्बना नागरिकले अझैपनि अनुभुति गर्न पाएका छैनन् । लकडाउनमा आशा गर्नुभन्दा आफै सुरक्षित रहनुनै उचित हुन्छ । चीनले छोटोसमयमा कोरोना भाइरसलाई परास्त गर्नुको कारण त्यहाँका नागरिक आफै सचेत भएर हो । उनीहरु घरमै बसी घरायसी उपचारमा आफै लागिरहे । तातोपानी कोरोना भाइरस नष्ट गर्ने औषधि भएको चिकित्सकको समेत सल्लाह छ । भाइरसको डरले आत्तिनुभन्दा पनि सजग र संयम भइ लकडाउनका बेला घरमै बस्नु उचित हुन्छ । आफु पनि बचौं परिवारलाइ समेत बचाउँ ।

तस्बिरमा हेर्नुहोस् सुनसान पोखरा : 

तस्बिर : प्रेम थापा / परिचय नेटवर्क

pokhara internet
Comments
Loading...