ICAS
Rara

प्रिय, प्रेम त बडो रहस्यमयी हुदोँरहेछ नी !

प्रिय !

सम्बोधन के गर्‍यौ थाहा छैन। तिम्रो रुपलाई हेरेर सम्बोधन गर्ने हो भने तिम्रो नाम रुपमती ठिक हुने थियो। आँखालाई हेरेर सम्बोधन गर्ने हो तिम्रो नाम सपना ठिक हुने थियो। तिम्रा आखाँमा भरिन बाकी सपना जो थिए । यदि तिम्रो शरिरको बनावट हेरेर सम्बोधन गर्ने हो भने यो दुनियाँको कुनै नाम तिम्रो लागि उपयुक्त हुदैन। किनभने तिम्रो जस्तो शरिरको बनावट कहीँ कतै देखेको छैन। तिम्रो शरिरको कुनै नाम बनेको छैन।

आज तिमिलाई यो पत्र लेख्नुपूर्व ऐनामा जब मैले एउटा आकृती देखेँ। आफैप्रती बहुतै लाज लागेर आयो। मेरो अब प्रेमपत्र लेख्ने उमेर पनि होइन्। सम्भवत: जीवनको अन्तिम प्रेमपत्र नै यही हुनेछ। प्रविधिको विकासले गर्दा पत्र लेख्नु इतिहास बनिसकेको छ। तर प्रविधिको विकास भएपनि आफूभित्रको लज्जाले गर्दा सामाजिक सँजालमा तिमिलाई सम्बोधन गरेर प्रेम प्रस्ताव राख्न सकिन्। उसो त तिम्रो नाम थाहा भएको भए कुरो अर्कै हुनेथियो।

साथीहरू ‘तँ घमण्डी छस्।यसकारण तेरो जीवनमा कोही आउन मानेनन्’ भन्छन् । उनीहरूको कुरामा म सहिछाप लगाइदिन्छु। कहिलेकाँही उनीहरू भन्छन्, सबै पुगीसरी हुदाँपनि चौतारिको एक्लो वर जस्तो बनिस। तँ अपुर्ण भइस । बिहे गर भन्छन् । यो कुरामा पनि म सहिछाप लगाइदिन्छु।

प्रिय ! खै उमेरको बढ्दो ग्राफसँगै मेरो दिमाखपनि गैडाको छाला जस्तो बनिसकेछ। केही कुराले छुन सकेको छैन।

तर जुन दिन तिमिलाई महेन्द्रपुल नजिकै देखेँ। त्यसदिन मलाई लाग्यो, ‘आजसम्म मेरो एक्लोपनको कारण तिमि हौ। तिमी मेरो जीवनमा आउनु रैछ र त आजसम्म एक्लो भएको रहेछु।’ यति सोच्दासोच्दै तीमी माइक्रो चढेर अलप भयौँ। आखाँले त्यो माइक्रोलाई परसम्म हेरिरहे। माइक्रोको पछाडी लेखिएको थियो, ‘कुरी बस फर्की आउनेछु।’

मैले हिड्ने बाटो फुलैफुलको देखें। कालो बादलमा पनि चाँदिको घेरा देखें । थोत्रो गाडीको आवाजपनि कोइलीको जस्तो लाग्न थाल्यो। जीवनले सुन्दर लाग्न थाल्यो। प्रेमले मान्छे प्रेमिल बन्दो रहेछ।

aama movie

हरेक दिन महेन्द्रपुलमा तिमी आउने बाटो कुर्नु मेरो दैनिकि बन्यो। न त्यो माइक्रो आयो । न तिमी। कस्तो भद्दा मजाक गर्‍यो समयले यो पटक। तिमी कुन लोकबाट आएकी थियौ हौली। त्यही लोकमा फर्कियौ। सधै कुरूप लाग्ने यो शहर मेरा लागि सुन्दर लाग्यो। मेरो मन भन्थो, ‘यही शहरभित्र छे तेरी। अनि कसरी कुरूप लाग्यो यो शहर’

मान्छेहरू भन्छन् प्रेम हुनलाई कयौं दिन भेटघाट हुनुपर्छ। बोल्नुपर्छ। हिड्नुपर्छ। तर त्यो दिन देखि यी मान्छेहरू पनि बनावटी कुरा गर्दा रहेछन भन्ने लागेको छ। मैले त मात्र पाँच मिनेट मात्र तिमिलाई देखेको थिएँ।

प्रिय यो प्रेम भनेको रहस्यमयी रहेछ। न नाम, न थर, न कुनै ठेगाना। तिमि मेरो मनसम्म आयौं। म पनि तिम्रो मनसम्म पुग्न के गर्नुपर्छ। तिम्रो ठेगाना पाउने आशा भने अझै त्यागिसकेको छैन। खोजे भगवान भेटिन्छन् भन्ने आशावादी समाजमा हुर्किएको मान्छे हुँ म। अनि कसरी म यती सजिलै हार मान्छु होला तर ?

प्रिय, गएको दशैमा आमाले आशिर्वादमा भन्नुभएको थियो। तँ आँट भगवानले पुर्‍याउछन्। यो कुरा सम्झेपछी म नास्तिकबाट एकाएक आस्तिक बनेको छु। तिमीले भेट्ने आशमा। भगवानले पनि भन्छन् होला मान्छेको जात न हो स्वार्थी । प्रेमको आशमा यसले मलाई अपनाउन थालेको छ। तर म तेती स्वार्थी छैन

प्रिय, मान्छेले प्रेममा के सम्म गरेका छैनन् यो दुनियाँमारु प्रेमका खातिर ताजमहल बनाउँछन। रानीमहल बनाउँछन। म चाहीँ नास्तिकबाट आस्तिक भएँ के ठुलो कुरा भयो र होइन र ?

मैले तिमीलाई चुपचाप मन पराएको छु। मेरो अन्तर्आत्माले भन्ने गर्छ। ‘तँ चुपचाप प्रेम गर। प्रेम गर्छु भन्दै हल्ला नगर। तेरो प्रेम महसुस भएको दिन सम्बन्धित मान्छे तलाई खोज्दै मनको दैलोमा आइपुग्छ।’ मेरो प्रेम महसुस गराउने बतास त्यहाँसम्म आउला। चीसो भयो भनेर ढोका नलगाउनु मेरा खबर बोकेको बतासले थाकेर पसिना निकालेको हो। अन्त्यमा यो पागलप्रेमी तिम्रो सन्देश बोकि आएको बतासको पर्खाइमा छु।

उही तिम्रो !

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?