NTHMC
aama movie

सुशिलको ‘लभ डाइरिज’को टिजर सार्वजनिक

सौरभ चौधरीको निर्देशनमा बनेको चलचित्र ‘लभ डाइरिज’को टिजर सार्वजनिक भएको छ । मंगलबार साँझ युट्युब मार्फत् चलचित्रको टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरले चलचित्रको थिम बोल्छ ।

चलचित्रका मुख्य दुई कलाकार नायक सुशिल श्रेष्ठ र नायिका रुविना थापा फिचरिङ टिजरमा प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ । टिजरमा समावेश दुई संवादले पनि त्यहीँ आभाष गराउँछ ।

फागुन २ गते रिलिज हुने चलचित्रमा सुशील र रुविनासँगै विश्वजित रिमालको पनि मुख्य भूमिका छ । मधु बास्तोलाको कथा तथा पटकथा रहेको चलचित्रलाई विनोद सापकोटाले निर्माण गरेको हुन् ।

शाहील खान सह-निर्देशक रहेको चलचित्रमा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । चलचित्रका गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?