ICAS
Rara

‘लकडाउन’को तेस्रोे दिन : सरकारद्वारा थप कडाई, कतै अवज्ञा, कतै सुनसान

पोखरा/

विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरस संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले गरेको लकडाउनको आज तेस्रो दिन पनि देश सुनसान अवस्थामा छ । तर फाट्टफुट्ट रुपमा यसको अवज्ञा पनि भईरहेको छ । सहरका मुख्य सडकमा भन्दा भित्री गल्लीहरुमा लकडाउनको अवज्ञा भएको देखिएको छ ।

govnotice

विहीवार विहान केही औषधी पसल, तरकारी पसल, तथा किराना पसलहरु खुलेपनि मानिसहरु सुरक्षित किनमेल गरिरहेका छन् । बाहिर निस्केका मानिसहरु पनि मुखमा मास्क लगाएर निस्केको देखिन्छ । देशका विभिन्न स्थानमा मानिसहरुले लकडाउनको अवज्ञा गरेको भन्दै थप कडाई गर्न सरकारलाई मानिसहरुले आग्रह गरिरहेका छन् । सरकारले पनि विस्तारै लकडाउनलाई निषेधाज्ञामा बदल्ने मनस्थितिमा छ ।

parichay

कोरोना भाईरस नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले लकडाउनलाई मानिसहरुले हल्काफुल्का रुपमा लिएको भन्दै निषेधाज्ञा जारी गर्ने चेतावनी दिईसकेका छन् । मानिसहरुले अटेरी गरेका कारण कञ्चनपुर र पाल्पामा कफ्र्यु आदेश जारी गरिसकिएको छ ।

क्वारेण्टाईनमा बसेका एक विरामीको मृत्यु भएपछि कास्कीमा थप तनाब बढेको छ । मानिसहरुले उक्त व्यक्तिको के कारणले मृत्यु भएको हो भन्ने यथार्थ जानकारी दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसँग माग गरेका छन् । जुनसुकै कारणले मृत्यु भएपनि कोरोनाकै कारण मरेको रुपमा बुझ्न थालिँदा रोगको भन्दा पनि भयको संक्रमणले मानिसहरु आत्तिन थालेका छन् । हिजो मृत्यु भएका मानिसमा मुटुसम्बन्धि रोग र फोक्सोमा पानी जमेको चिकित्सले बताएपनि मानिसहरु कोरोनाबाट होईन भनेर आधिकारिक रुपमा पुष्टि हुनुपर्ने भनिरहेका छन् ।

यसैगरी कोरोना संक्रमण नेपालमा अहिलेसम्म तीन जनामा देखिएको सरकारले जनाएको छ । ती मध्ये एक जना उपचारपछि निको भएको सरकारले जनाएको छ । भने बाँकी दुई जनालाई आईसोलेसनमा राखेर उपचार गरिएको छ ।

pokhara internet
Comments
Loading...