NTHMC

‘१५ दिन कडा लकडाउन वा कर्फ्यु गरौं’

डा. रवीन्द्र पाण्डे, काठमाडौं । सुरक्षा सतर्कता तथा आवतजावत नियमन गर्ने काममा गम्भीर नहुनुको कारण अहिले नेपालका अधिकांश जिल्लामा कोरोना संक्रमणको प्रकोप बढेको छ । उत्तर प्रदेश, विहार तथा पश्चिम बंगालमा कोरोना संक्रमणको आगो बलिरहेको अवस्थामा सिमाना सिल नगर्नु हाम्रो लागि प्रत्युत्पादक बनेको छ ।

संक्रमणको फैलावटलाई अध्ययन गर्ने हो भने अहिले प्रदेश नम्बर २ कोरोना संक्रमणको तेस्रो चरणमा अर्थात् सामुदायिक संक्रमणमा प्रवेश गरेको छ । त्यस्तै पश्चिम बङ्गाल र उत्तर प्रदेशसँग जोडिएका केही जिल्लामा सामुदायिक संक्रमणको पूर्वरूप देखा परेको छ । विराटनगर, इटहरी, कपिलवस्तु, कैलाली पहाडी जिल्ला बझाङ, दैलेखलगायत जिल्लाहरू क्लस्टर अफ केसेसबाट अघि बढ्दैछन् ।

roma

इलाम, स्याङ्जालगायतका जिल्लामा दर्जनौं प्रहरीमा संक्रमण देखिएको छ । संक्रमित क्षेत्रबाट सुरक्षित ठाउँ खोज्दै काठमाडौं उपत्यका लाखौँ व्यक्ति भित्रिएका छन् । ४० लाख स्थिर जनसंख्या रहेको काठमाडौं उपत्यकामा अहिले ६० लाख स्थिर र १० लाख आवतजावत गर्ने जनसंख्या भएको अनुमान गर्न सकिन्छ ।अहिले पनि विभिन्न भित्री बाटोबाट विनारोकटोक दैनिक हजारौं व्यक्तिहरू काठमाडौं आइरहेका छन् ।काठमाडौंमा संक्रमितको लहरो समाउँदा भारतबाट आएका वा संक्रमित क्षेत्रबाट आएका व्यक्तिले संक्रमण बढाएको देखिएको छ ।

ICAS

उपचार गर्न, काम गर्न, पढ्न वा अन्य उद्देश्यले काठमाडौं आउनुपर्ने हुन्छ । तर यो विषम परिस्थितिमा काठमाडौं आउने हरेक व्यक्तिको पीसीआर परीक्षण गरेर रिपोर्ट आउनेबेलासम्म होल्डिंग सेन्टरमा राखेर प्रवेश गर्न अनुमति दिने, लुकेर आउने बाटोमा आवतजावत प्रतिबन्ध लगाउने तथा गम्भीर बिरामीलाई सिधै अस्पताल पुर्‍याउने व्यवस्था गरेको भए यो परिस्थिति आउने थिएन ।

parichay

अबको बाटो के त ?

काठमाडौं उपत्यका, काठमाडौं आउने बाटोका क्षेत्र, भारतसँग सिमाना जोडिएका जिल्लाहरू तथा संक्रमण फैलिएका पहाडी जिल्ला तथा अन्य ठूलो जनघनत्व भएका सहरमा १५ दिन कर्फ्यु लगाउनु जरुरी छ ।पुरानो मोडेलको लकडाउनले अहिलेको स्थितिलाई धान्न सक्दैन । १५ दिन कर्फ्यु लगाउँदा आवतजावत बन्द हुन्छ, संक्रमित या निको हुन्छन् या अस्पताल जान्छन् तर स्वस्थ व्यक्तिलाई संक्रमण सार्न सक्दैनन् । यो १५ दिनको कर्फ्युले हालसम्मको संक्रमणलाई व्यवस्थापन गर्छ । कर्फ्युको अवधिमा सरकारले माथि उल्लेखित क्षेत्रमा व्यापक परीक्षण बढाएर नेपाललाई रेड जोन, एल्लो जोन तथा ग्रीन जोन छुट्याउने, सीमाबासीलाई राहत दिएर सुरक्षाकर्मी र सीमाबासीको २४ सै घण्टा गस्ती बढाउने, सिमानाका अवैध बाटा बन्द गर्ने, आवतजावतको मोडेल तयार गर्ने, संक्रमित क्षेत्रमा सुरक्षित आइसोलेसन सेन्टरको प्रबन्ध गर्ने, हरेक अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक उपचार, आईसीयू, भेन्टिलेटर, अक्सिजन, ब्लड तथा जनशक्तिलाई तालिम (आईसीयू र भेन्टिलेटर अपरेट गर्न) दिने । कर्फ्युको समयमा निम्न आय भएका व्यक्तिलाई राहत र अन्य व्यक्तिलाई राज्यले दिनुपर्ने सहुलियत दिने गर्नुपर्छ ।

यो १५ दिनपछि आवतजावतमा कडाइ गर्ने, मास्क नलगाउने वा सही तरिकाले नलगाउनेलाई ५ हजारको जरिवाना गर्ने, ५ जनाभन्दा धेरै व्यक्ति सँगै हिँडेमा, भीडभाड गरेमा तथा भोजभतेर गरेमा ५००० जरिवानाको व्यवस्था गर्ने गर्ने । सरकारी तथा निजि प्रयोगशालामार्फत दिनमा ३० हजार व्यक्तिको परीक्षण गरिरहने र जनस्वास्थ्य चेतनाका प्रभावकारी कदम अवलम्बन गरेमा हामी कोरोना भाइरसको भिक्टिम हुनुपर्दैन । यदि हामीले गम्भीर भएर कडा लकडाउन वा कर्फ्यु १५ दिन सहन सक्यौं भने हालसम्मको संक्रमणलाई व्यवस्थापन गर्न सक्छौं र आगामी दिनमा आवातजावत तथा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्यौं भने हामी कोरोना संक्रमणको चपेटाबाट मुक्त हुने बाटोमा अग्रसर हुनेछौं । हामीले बिर्सिनु हुँदैन कि विकसित देशले समेत संक्रमणको छाल नियन्त्रण गर्न नसकेको अवस्थामा हाम्रो जस्तो कमजोर स्वास्थ्य प्रणाली भएको देशले सामुदायिक संक्रमण थेग्न सक्दैन ।

सबै गम्भीर भएर कोरोना संक्रमण नियन्त्रण गर्न एकजुट हुनुको विकल्प छैन ।

( लेखक डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ हुन् ।)

pokhara internet
Comments
Loading...