ICAS

भारतबाट नेपाली छिरे, राहत बाँडियो, खेतीकिसानी जारी छ (फोटो फिचर)

पोखरा/

कोरोनाको संक्रमण रोक्न नेपाल सरकारले लकडाउन घोषणा गरेको डेढ महिना पुग्न लागेको छ । मानिसहरु आत्तिईसकेका छन् । तर दिनदिनै नेपालमा संक्रमितहरु थपिएको थपियै छन् । प्रदेश १ कोरोना संक्रमणको हटस्पट बनेको छ । भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेका कारण कोरोनाको जोखिम उच्च रहेको विज्ञहरुले बताईसकेका छन् ।

Parichay
Infomatics

कोरोनासँग सम्बद्ध कामहरु पनि नेपालमा जारी छन् । कृषि कर्म जारी छ । विपन्नहरुलाई राहत वितरण पनि भईरहेका छन् । तस्विरमा हेर्नुहोस् ।

वल्र्ड भिजिन इन्टरनेशनल नेपालका जिल्ला प्रतिनिधि गांङगी बलायर जिल्ला स्वास्थ्य कार्यालयलाई सहयोग स्वरुप उपलब्ध गराइएको स्वास्थ्य सामग्री डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाइ प्रदान गर्दै ।
२०७२ सालको भूूकम्पले क्षेतीग्रस्त रानीपोखरी लकडाउनको समयमा पनि पुनःनिर्माण हुुँदै ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत दाङको लमही नगरपालिका-२ बरुवा गाउँमा लगाइएको बसन्ते मकै बाली बुधबार कृषि प्राविधिकले अवलोकन गर्दै । देउखुरीमा मकै सुपरजोन लागू भएपछि किसान खेतीतर्फ आकर्षित भएका छन ।
नेपाल इञ्जिनियर्स एशोसिएशन वाग्मतीप्रदेश र सिन्धु इञ्जिनियरिङ समाज नेपालले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई कोरोना भाइरसकोे स्वाब सङ्कलन तथा परीक्षणको लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिँदै ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोलाबाट देखिएको रायखोर झरना ।
मह काढ्न म्याग्दीको धौलागिरि गाउँपालिका-२ लुलाङको पहराबाट निकालिएको भीर मौरीको चाका । म्याग्दीका भीरहरुमा यतिवेला महको शिकार गर्ने सयम शुरु भएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका-१ बरादीका कृषक हेमेन्द्र केसी बिक्रीका लागि भेडेखोर्सानी टिप्दै । बन्दाबन्दीका कारण केसीलाई तरकारी बिक्री गर्न समस्या भएको छ ।
नेपाली काङ्ग्रेस तनहुँ व्यास नगर समितिका सभापति शान्तिरमण वाग्ले बुधबार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई रु पाँच लाख प्रदान गर्दै । नगर समितिले १४ वडाबाट सङ्कलन गरेको सो रकम नगरपालिकाको कोरोना राहत कोषका लागि प्रदान गरेको हो ।
तनहुँको घिरिङ गाउँपालिका–३ सुन्धाराकी सीता राना बन्दाबन्दीको समयमा घरमै बसेर कछाड बुन्दै । मगर समुदायको परम्परागत कछाड एउटाको रु एक हजार ५०० देखि दुई हजारसम्ममा बिक्री हुने गरेको छ ।

बर्दियाका किसानले गरेको लौकाखेती । तरकारी राम्रो फले पनि बन्दाबन्दीका कारण बिक्री नहुँदा किसान मर्कामा परेका छन् ।

 

कैलालीको चुरे गाउँपालिकाद्वारा सामाजिक दूरी कायम गरी विपन्न परिवारलाई राहत वितरण । गाउँपालिकाले रु १३ लाखको खाद्यान्न खरिद गरी ६ वटै वडाका एक हजार २५ परिवारलाई राहत वितरण गर्न थालेकोे छ । 
भरतपुर महानगरपालिका –२४ स्थित केरुङ्गा सामूहिक तरकारी कृषि फर्ममा पाकेको गोलभेँडा टिप्दै उपभोक्ता । समूहले ६२ बिघामा गोलभेँडा खेती गरेको छ । 
बुटवलस्थित कालिका–मानव विद्यालयमा मजदुरलाई वितरणका लागि सामाजिक दूरी कायम गरी राखिएको राहत सामग्री ।
महाकाली नदी तरेर नेपाल फर्किएका दार्चुला र बैतडीका १६ नेपालीलाई महाकाली नगरपालिकाले क्वारेन्टाइनमा राखेर खाना खुवाउँदै । पिथौरागढको मदकोट क्षेत्रमा काम गर्न गएका नेपाली लामो लकडाउनका कारण भोकभोकै परेपछि मरिने डरले बुधबार ट्युबमार्फत महाकाली नदी तरेर दार्चुला पुगेका हुन् ।
गुराँस गाउँपालिका वडा नं –४ का कृषक आलु रोप्न व्यस्त । जिल्ला कृषि विकास कार्यालयले आलु उत्पादनमा दैलेखलाई पकेट क्षेत्रको रुपमा घोषणा गरेको छ ।

पोखरामा राहत लिन लामबद्ध भएर बसेका सर्वसाधारणको भीड ।निर्माण व्यवसायी समितिले पोखरा महानगरपालिका– ९ स्थित शान्ति बनबाटिकामा आफ्ना करिब एक हजार ५०० मजदुरलाई राहत वितरण गरेको छ ।

जोनापुरका किसानको खेतमा फुलेको सूर्यमुखी फूल । यहाँका किसानले तोरीबालीको सट्टामा तेलका लागि सूर्यमुखी फूलको खेती गर्दै आएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ क्षेत्र नं। १ द्वारा बानेश्वरस्थित रत्नराज्य स्कूलमा बुधबार आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्न लामबद्ध भएर बसेका रक्तदाता ।

म्याग्दी जिल्ला भित्र्ने मुख्य नाका कालीपुलमा निर्माणाधीन स्यानिटाइजिङ टनेल । लायन्स क्लब अफ बेनी पिस सिटी र म्याग्दी प्रवासी नेपाली संघ (मोना) मकाउको सहयोगमा स्यानिटाइजिङ टनेल स्थापना गर्न लागिएको हो ।

बेनीस्थित नेपाल बैंक लिमिटेडको शाखा कार्यालयमा बुधबार लागेको सेवाग्राहीको भीड । लकडाउन शुरु भएपछि म्याग्दीमा बैंक तथा वित्तीय संस्थाका शाखा आलोपालो गरेर हप्तामा एक दिन खुल्ने गरेका छन् ।

तस्विरहरु रासस

pokhara internet
Comments
Loading...