Parichay add

लिटल फेयरी पोखरा २०१९ को उपाधि स्यारोन बुढामगरलाई (तस्बिर सहित)

पोखरा /  तेस्रो संस्करणको लिटल फेयरी पोखरा २०१९ को उपाधि ग्लोबल कलेजियट् स्कुलकी कक्षा ५ अध्ययनरत छात्रा स्यारोन बुढामगरले हात पारेकी छिन् । उनले २४ जना प्रतिस्पर्धीलाई पछाडी पार्दै उक्त उपाधि हात पारेकी हुन् । उपाधिको क्राउन सहित २५ हजार बराबरको पुरस्कार प्राप्त गरिन् ।

एस.टी. क्रियशन म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा सम्पन्न भएको प्रतियोगितामा समुह ए बाट शिशु निकेतन स्कुलकी कक्षा ३ मा अध्ययनरत छात्रा रेजलिन श्रेष्ठ फस्ट रनरअप, प्रतिभा बोर्डिङ स्कुल कक्षा ३ मा अध्ययनरत एन्जीया थापा मगर सेकेण्ड रनरअप र मदरल्याण्ड उच्च मावि कक्षा २ मा अध्ययनरत इप्सु न्यौपानेले थर्ड रनरअपको उपाधि हात पारे । त्यस्तै समुह बी बाट करुणानीधि एजुकेशन फाउण्डेशन कक्षा ४ मा अध्ययनरत छात्रा सिम्रन मल्ल फस्ट रनरअप, शिशु निकेतन स्कुल कक्षा ४ मा अध्ययनरत छात्रा अनन्या खत्री सेकेण्ड रनरअप, सरस्वती आवासिय विद्याश्रम कक्षा ५ मा अध्ययनरत छात्रा सचीना गुरुङ थर्ड रनरअप र मदरल्याण्ड उच्च मावि कक्षा ३ मा अध्ययनरत छात्रा ग्रीष्मा गिरीले दर्शक छनोटको उपाधि हात पारे ।

roma

ICAS

प्रतियोगितामा सहभागी १६ विद्यालयका २५ जना प्रतिस्पर्धीलाई अन्य विभिन्न विद्याहरु मार्फत अवार्ड, प्रमाणपत्र, स्यास र गिफ्ट ह्याम्पर सहित पुरष्कृत गरिएको थियो ।

प्रतिस्पर्धीहरुले स्वागत नृत्य, परिचय राउन्ड, प्रश्न उत्तर राउन्ड, स्पिच राउन्ड हुँदै अन्तिम प्रश्नको उत्तर लेखेर वाचन गरेपछि अन्तिम निर्णय सुनाइएको हो । प्रतियोगिताको निर्णायकहरुमा हिशान कास्कीका अध्यक्ष तथा न्यु ग्यालेक्सी उच्च माविका फाउण्डर प्रिन्सिपल डा. रामजी शर्मा, अबाकस मेन्टल म्याथका प्रबन्ध निर्देशक उपेन्द्र अधिकारी, थमरुल डिएमआइटी पोखराका निर्देशक कञ्चन गुरुङ, मिस गण्डकी सिजन ३ की सकेण्ड रनरअप तथा भिजे सृष्टी आचार्य र कृष्टल इन्टरनेशनल मन्टेश्वरी होमकी प्रबन्ध निर्देशक रिना पौडेल र सञ्चारकर्मी आशिष पुरी थिए ।

करिब एक महिनासम्म दिइँदै आएको उक्त प्रशिक्षणमा बालबालिकाहरूको व्यक्तित्व, नेतृत्व तथा बौद्धिक क्षमतालाई उजागर गराउनको साथै बाल बालिकाहरूमा निहित प्रतिभालाई प्रोत्साहित गरी प्रस्फुटन गराउनको निमित्त कार्यक्रमको निरन्तरता दिँदै आयोजना गरिएको संस्थाका प्रबन्ध निर्देशक सुरज थापाले जानकारी दिए ।

कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न विभिन्न गायन तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । गायन तर्फ प्राप्ती तुलाचन, एलीना गुरुङ, सन्देश भुर्तेल रहेका थिए भने नृत्य तर्फ बीजी एरोबिक डान्स एकेडेमीका कलाकारहरु, सन्ध्या गुरुङ, प्रकृती थापा, प्रतिमा भण्डारी लगायतले प्रस्तुति दिएका थिए । भाटभटेनी सुपर मार्केटको पेपे पिज्जामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी इनिशा दुरा मगर र सफल सुवेदीले गरेका थिए ।

तस्बिर : सिजन थापा मगर (एसटी फोटोग्राफी)

pokhara internet
Comments
Loading...