ICAS

मनाङ मुस्ताङको झल्को आउने “लेकबेसी” रेष्टुरेण्ट (फोटो फिचर)

पोखरा / मनाङ मुस्ताङको झल्को आउने गरी पोखरामा एक रेष्टुरेण्ट सञ्चालनमा आएको छ । पोखराका दुई युवाव्यवसायी बिबेक केसी र ब्रजेश कसजु श्रेष्ठले लेकसाइड सेदीमा ‘लेकबेसी’ रेष्टुरेण्ट सञ्चालन गरेका हुन् । करिब १ करोड २५ लाखको लगानीमा रेष्टुरेण्ट खोलिएको हो ।

सामान्तय : धेरै रेष्टुरेण्टमा खाना मात्रै पाइन्छ । तर लेकबेसीमा बस्ने सुविधा समेत रहेको बिबेक केसीले बताए । रेष्टुरेण्टमा चार वटा रुमको व्यवस्था गरिएकोे छ । मदिरा पिएपछि ट्राफिकको झन्झटबाट ग्राहकलाई बचाउन आफुहरुले रुमको समेत व्यवस्था गरेको उनले बताए । रेष्टुरेण्टको मेन्यु अन्तभन्दा सस्तो नै रहेको उनले जानकारी गराए ।

Parichay
Infomatics

पछिल्लो समय पोखराका ग्राहकको रोजाई घान्द्रुक, मुस्ताङ र मनाङ परेको छ । “उनीहरुलाई उतैको जस्तो झल्को दिने गरी हामीले रेष्टुरेन्टको बाहिरी डिजाइन समेत आर्कषक बनाउने प्रयास गरेको छौ”, उनले भने,“ मौसमले नदिए पनि रेष्टुरेण्टको संरचनाले मनाङको झल्को दिलाउँछ ।”

एक रोपनी जग्गामा रेष्टुरेण्ट निर्माण गरिएको छ ।

विदेश जानुभन्दा देशमै केही गर्ने उद्देश्य स्वरुप आफुहरुले रेष्टुरेण्टमा लगानी गरेको उनीहरुले बताए । सबै वर्गका ग्राहकलाई लक्षित गरी रेष्टुरेन्ट सञ्चालन गरिएको बिबेकले बताए । रेष्टुरेण्टमा बँदेलको मासु विषेश खानेकुराको रुपमा रहेको उनले जानकारी गराए ।

तस्बिरमा हेर्नुहोस् लेकबेसी रेष्टुरेण्ट :

तस्बिर : प्रेम थापा / परिचय नेटवर्क

pokhara internet
Comments
Loading...