ICAS
Rara

जनयुद्ध बिशेष – कृष्णसेन इच्छुकका चर्चित कविता र अन्तरबार्ता

पोखरा /आज २५ औँ जनयुद्ध दिवस जंगलबाट सिँहदरबार पसेकाहरुलाई गाउँ सम्झाउने र बाटो सम्झाउने अभियानमा हामीले आज जनयुद्ध सम्वन्धी बिशेष सामाग्री प्रकाशन गर्ने छौँ ।
साहित्यकार तथा पत्रकार कृष्णसेन ‘इच्छुक’सँग कलम पत्रिकाले २०५७ सालमा लिएको अन्तरबार्ता
उनलाई २०५९ साल १३ गते हिरासतमा नै कुटीकुटी हत्या गरेका थिए ।

हामी यात्रामा फेरि सँगसँगै कलम उठाउनेछौँ

  • अनिश्चितकालिन जेलजीवन कसरी बिताईरहनु भएको छ ?

मैले जेलजीवनलाई मेरो जीवनको एउटा महत्वपुर्ण घटना र अनुभुतिको रुपमा लिएको छु ।पञ्चायी कालमा पनि सामान्य रुपमा विद्यार्थीका हक–हित र अधिकारका निमित्त संगठित हुँदाहुँदै मैले पाँच– छ वन्दि जीवन बिताउन परेको थियो । अहिलेको कानुनीराज, प्रजातन्त्र र मानवअधिकारको वकालत गर्दै नागरिक सुरक्षाको ग्यारेण्टी भनिएको बहुदलीय व्यवस्थामा पनि पुनः झुट्टा मुद्दामा फासाएर विगत दुईवर्षयता बन्दी जीवन बिताउँदै आएको छु,यो बन्दी जीवनको समयलाई सकेसम्म रचनात्मक र सार्थक वनाउनका निम्ति लेखन,अध्ययन र चिन्तनमननतिर लगाइरहेको छु ।

  • जेल जीवनका क्रममा तपाईले लेख्नुभएको ‘बन्दी र चन्द्रगिरी’ विशेष चर्चाको विषय बन्दा तपाईलाई कस्तो लागेको छ ?

जेलको समयलाई बढीभन्दा बढी सदुपयोग गर्ने सिलसिलामा नै बन्दी र चन्द्रागिरि काव्यको गरेको थिएँ । उक्त काव्य पैकाशित भएपछि साहित्यिक मित्र तथा पाठकहरुले त्यसलाई निकै माया गर्नुभएको पाएँ । बन्दी अवस्थामा सिर्जित काव्य भएकाले अभिल्ला रचनाहरुभन्दा यो वढी चर्चित भएको होला । आफ् कृति चर्चा परिचर्चामा आउँदा आफुलाई खुसी लाग्नु स्वभाविक नै हो ।

  • यस काव्यलाई कतिपय समालोचकहरुले देशकै उत्कृष्ट काव्य भनेकोमा नि ?

एउटा श्रष्टाले आफ्ना रचनाहरु सिर्जना गर्दा सवै लोकप्रिय र महत्वपुर्ण बनुन्,तिनले साहित्यिक तथा वैचारिक आन्दोलनमा योगदान पु¥याऊन भन्ने चाहना राखेको हुन्छ । कतिपय रचनाहरु सफल र लोकप्रिय हुन्छन् ,कतिपय हुन्नन् । वन्दी र चन्द्रागिरि साहित्यिक दृष्टीले सुन्दर र सफल बनोस्,कलात्मक बनोस् तथा वैचारिक दृष्टिले समकालीन यथार्र्थ र समयको प्रतिनिधि रचना वनोस्, भन्नेसम्म मेरो कामना थियो । यो यस किसिमको बन्यो िक बनेन भन्ने कुराको मुल्याङ्कन गर्ने तर समालोचकहरु र पाठकहरुको नै हो नि त ।

  • कसको प्रेरणाले साहित्यतर्फ तपाईलाई उन्मुख गरायो ?

मलाई सवैभन्दा पहिले साहित्यमा प्रेरित गर्ने कुनै व्यक्ति विशेष नभएर म पढ्ने देउखुरीको लालामटिया स्कुलको साहित्यिक बातावरण र मलाई पढाउने शिक्षकहरु न्ै मेरा प्रेरणाका स्रोत हुनुहुन्छ ।जहाँसम्म व्यक्ति बिशेषको कुरो छ,मलाई सचेत रुपले साहित्यमा लाग्न ,अघि बढ्न मेरा रचनाहरु प्रकाशित गरेर प्रगतिशिल साहित्यिक फाँटमा मलाई उभिन लगाउने व्यक्तिको कुरो छ , नाम लिनुपर्दा म नारायण शर्माको नाम लिन्छु ,जसलाई हामीले नायराण गुरु भन्ने गर्दछौँ । उहाँवाट नै म व्यक्तिगत रुपमा मेरो साहित्यिक यात्रामा प्रभावित र अभिप्रेरित हुन पुगेको छु ।

  • कहिलेबाट कविता लेख्न आरम्भ गर्नुभयो ?

कवितामा सानैदे रुची थियो । उमेरका दृष्टिले पन्ध्र–सोह्र वर्षको उमेरदेखि नै मैले कविता लेख्न आरम्भ गरेको हुँ । यस क्रममा २०३२ सालतिर काठमाडौँबाट प्रकाशित हुने मातृभुमि साप्ताहिकमा मेरो पहिलो कविता ‘भोलिप्रति ’ प्रकाशित भएको हो ।खासगरी २०३५–३६ सालको आन्दोलनपछि कविता लेखनमा म वढी सचेत र सक्रिय भई लाग्न थालेँ । त्यपछि म क्रमिक रुपमा लेखिरहेको छु ।

  • तपाई गद्य कविताको श्रष्टा हुनुहुन्छ ।तर तपाईका कविता पढ्दा पद्य कविताको झै किन बोध हुन्छ ?

मेरा कविता गद्य कविता हुन् । म गद्य कवितामा पनि पद्यको लयात्मकता दिन चाहन्छु । लयात्मकता,संगितात्मकता तथा अनुप्राशयुक्त गीतिमयता दिएर पाठकको एक किसिमको पद्यात्मक बोध गराई सम्प्रेषणका पक्षमा जोड दिन चाहन्छु लय कविताको एउटा विशिष्ट तत्व हो । यसको अभावमा कविता कविता बन्न सक्दैन । कवितालाई सामान्य गद्यबाट छुट्याउने र त्यसलाई सपाटपनबाट जोगाउने प्रमुख तत्व नै लयचनेना हो । म लयचेतनाप्रति एकदमै सचेत छु । त्यसैले मेरा कविता गद्यात्म हुँदाहुन्दै पनि पद्यमय बोध हुन्छन् होला ।

  • कविता बिधाबाहेक अन्य बिधामा कलम चलाउनु भएको छ कि छैन ?

साहित्यका विविध विधाहरुमध्ये मलाई बढी प्रिय लाग्ने विधा कविता नै भएकाले सुरुदेखि म कविता लेखनतर्फ बढी क्रियाशील भएको हुँ । सुरुसुरुमा फुटकर कथा तथा निवन्धहरु पनि लेखेँ तर मेरो निरन्तरता र साधना बढीभन्दा बढी कविता बिधामै रह्यो ।

  • अहिले के लेख्न व्यस्त हुुनुहुन्छ ?

यतिवेला म फुटकर कविता लेखनमा लागेको छु । तराईको जेल बस्न थालेपछि यहाँको आञ्चलिक जीव्न तथा साँस्कृतिक परिवेशसित नजिकिदै प्राप्त अनुभुतिलाई कवितात्मक रुप दिन क्रियाशील छु । त्यसैले हालसम्म मेरा कविताहरु यसै पक्षसँग सम्वद्ध छन् । साथै जेलभित्रका अनुभवहरुलाई म बाह्य जीवनसँग तादाम्य लगाउँदै सामाजीकृत तथा सामान्यकृत गरिरहेको छु । दिनप्रतिदिन ऊध्र्वगामी बन्दै गएको जनताको मुक्तियुद्धको प्रभावलाई पनि म आफ्ना कवितामार्फत अभिव्यक्त गरिरहेको छु । यस्तै सेरोफेरो र परिवेशमा लेखिएका मेरा फुटकर कविताहरुले सङ्कलन नयाँ वर्षमा प्रकाशित गर्ने सोचमा छु ।

  • तराई र काठमाडौँको जेलमा के फरक पाउनुभयो ?
parichay

काठमाडौँ र तराईको जेलकहरुमा वसाईको दृष्टिले खासै भिन्नता बोध भएको छैन। जेल आखिर जहाँको भए पनि जेल नै हो । जेलका अनुभुतिहरु जहाँ पनि उस्तै हुन्छन् । समष्टिमा भन्दा जेलाका अनुभुतिहरु,पिडा र संवेदनाहरु अनि भोगाईहरुमा खास भिन्नता हुन्नन् ।

  • जेलभित्रबाटै एम.ए.को तयारी गर्दै हुनुहुन्थ्यो नि ?

जेलबाटै जाँच दिनको लागि फर्म भरेको थिएँ । पञ्चायतकालमा पनि बन्दीहरुले निर्बाध जाँच दिन पाउँथे । अनि मैले झन् यो प्रजातान्त्रिक भनिने व्यवस्थामा त पाऊँला नै भन्ने लागेको थियो । तर वर्तमान काङ्ग्रेसी सरकार मप्रति अत्यन्तै पुर्वाग्रही बनेर जाँच दिन पाउने सामान्य अधिकारबाट मलाई बञ्चित गरायो । मैले बन्दीहरुले पाउनुपर्ने नैसर्गिक अधिकारका लागि तीन दिनसम्म मुखमा मुखमा कालोपट्टी बाँधेर बिरोध जनाएँ । यो यस्तो विषय हो,जसका बारेमा सबै पत्रकारजगत्,मानवअधिकारवादी संघसंस्था र नागरिक स्वतन्त्रताका पक्षधरहरुले आवाज उठाउन जरुरी छ ।

  • तपाईलाई झुटा मुद्दा लगाए गायब पार्ने शैलीमा काठमाडौँबाट सिराह ल्याइयो । अहिले तपाईलाई के भुद्दा लगाएको छ र मुद्दाको स्थिति के छ ?

मलाई नौ महिनासम्म काठमाडौँमा शान्तिसुरक्षाको नाममा राखियो । त्यसपछि रातारात विभिन्न प्रहरी चौकी गदै मलाई आतंकित पार्दै सिराहमा ल्याइयो र हातहतियार तथा खरखजानाको झुट्टा मुद्दामा फसाएर अहिले सिराहबाट यस राजविराज जेलमा राखिएको छ । झुट्टा मुद्दामा यसरी फसाएर राखिएकोमा सर्वोच्चमा रिट चलिरहेको छ । तिन सदस्यीय बेञ्चले मेरो मुद्दालाई सात सदस्यीय फुल बेञ्चमा पठाएको छ । न्याय मिल्नेछ भन्ने बिश्वासको साथ प्रतिक्षरत छु ।

  • सम्मानित अदालतले बेकसुर भनेर फैसला गरे पनि अदालत परिसरबाटै प्रहरीले पुनः पक्राउ गरेका घटनाहरु पनि छन् । तपाईका बारेमा पनि …….?

अदालतबाट रिहाइ गरेकाहरुलाई पुनःगिरफ्तार भन्नेजस्ता भनाइहरु सरकारका प्रमुख व्यक्तिहरुबाट भन्ने गरिएको छ । यो पक्ष व्यवहारमा हेर्नुपर्नेछ म पत्रकारिता तथा साहित्यिक क्षेत्रमा रुवतन्त्र रुपमा काम गरिरहेको कलमजीवी भएको हुनाले मलाई बिश्वास छ ,सर्वोच्चले रिहा गरेपछि मलाई पुनः गिरफ्तार गरिने छैन । मलाई पुनः गिरफ्तार गरेर सरकारले आफूलाई उपहासको पात्र बनाउने छैन । झुट्टा मुद्दामा मलाई फसाएर सर्वत्र आलोचित भएको सरकारले सर्वोच्चको आदेश उल्लङ्घन गरेर पुनः आलोचित हुने स्थितिमा आफुलाई नपु¥याउला भन्ने मलाई लाग्छ ।

  • आफ्नो बारेमा रिहाइको सवत्र आवाज उठेको प्रसङ्गप्रति तपाईको अनुभुति कस्तो छ ?

मलाई जेलमा बन्दी बनाएपछि विभिन्न मित्र तथा संस्थाहरुले मेरो रिहाइका निमित्त विभिन्न किसिमले आवाज उठाउँदै आउनु भएको छ । खास गरेर पत्रकार ,लेखक साहित्यकार,वकिल तथा मानवअधिकारवादी मित्रहरुले खास मेरो पक्षमा गम्भिरताका साथ चासो देखाई रिहाइको निमित्त जुन पहल र प्रयास भइरहेको छ,यसप्रति म अत्यन्तै आभारी छु । यसको लागि म मेरो रिहाइ लािग आवाज उठाउने सम्पूर्ण शुभचिन्तकहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।

  • तपाई अखिल नेपाल जनसाँस्कृतिक संघको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । आफु जेल परेपछि जनसाँस्कृतिक आन्दोलन कसरी बढिरहेको छ जस्तो लाग्छ ?

मेरो गिरफ्तारीपछि पनि थुपै्र लेखक –कलाकार साथीहरुको हत्या भएको छ । थुप्रैलाई वेपत्ता पारिएको छ । कयौँलाई जेलनेलमा कठोर यातना दिइएको छ र पनि जनमुक्तिको यात्रासँगसँग्ै एकाकार हुँदै हाम्रा साथीहरु साँस्कृतिक योद्धाको रुपमा अविचलित भएर अघि बढिरहनुभएको छ । त्यसैले हाम्रो जनसाँस्कृतिक संघको सांस्कृतिक अभियामा मेरो गिरफ्तारीले कुनै अवरोध तथा व्यवधान पु¥याएको छैन । व्यक्तिहरु थुनिन्छन् ,छुट्छन्,अगाडी बढ्छन,पछि हट्छन तर यात्रा भने निरन्तर रुपमा अगाडि बढिरहन्छ । जनताको संघर्षको अन्य फाँटझै हाम्रो साँस्कृतिक फाँट पनि दिनप्रतिदिन उर्वर बन्दै अग्रगामी र गतिवान छ । लेखन,सिर्जन,प्रकाशन सै पक्ष समृद्ध बन्दै गएका छन् । त्या र समर्पणको माहागाथा निर्माण भैरहेको छ ।

  • आफ्ना समकालीन तथा नवोदित श्रष्टाहरुलाई के सल्लाह दिनुहुन्छ ?

साहित्यका क्षेत्रमा समर्पित भइरहनुभएका तथा यसै मार्गमा अग्रसर हुन थाल्नुभएका नयाँ–पुराना,मेरा समकालीन तथा नवोदित साथीहरुलाई म हाम्रो यु,समाज,देश र जनताप्रति ,आमुल परिवर्तन र मुक्तिप्रति सधै निष्ठावान बनौं भन्ने सल्लाह दिन चाहन्छु । सधै इमान्दार र प्रतिवद्ध बनौं,शब्द र कर्मप्रति आदर्श र व्यवहारप्रति निष्ठावान वनौं । साथै हाम्रो लेखन र सिर्जनाअनुरुप हाम्रो जीवनशैली बनोस् र हामी हाम्रो यात्रामा अविराम ,अथक र निरत्र रुपमा अघि बढिरहौँ ।

  • जनादेश साप्ताहिक र कलम त्रैमासिक सम्पदन गरिरहेको बेलामा काँग्रेसी सरकारले तपाईलाई झुट्टा मुद्दामा फसाई तपाईको हातमा हत्कडी लगाएर पनि कलम र जनादेश प्रकाशित भइरहेका छन् । यस्तो अवस्थामा तपाई सहयोद्धा साथीहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?

म बन्दी बने पनि जनादेश र कलम परिवारसित सम्बद्ध साथीहरुले कष्टसाध्य रुपमा रहेर पनि प्रकाशनलाई निरन्तरता दिईरहनुभएको छ । तमाम किसिमका बिघ्नबाधा ,अफ्ठ्यारा र तुनौतीहरुको सामना गर्दै पत्रकारिता क्षेत्रमा साथीहरु जनादेशलाई अगाडि बढाउँदै हुनुहुन्छ । त्यसैगरि साथीहरुले कलमका माध्यमबाट आफ्नो दायित्व पुरा गरिरहनु भएको छ । यसले आफु जेलभित्र रहेर पनि मलाई हर्ष र गर्वको अनुभुति भइरहेको छ । मेरा हातबाट कलम खोसेर मलाई हतकडी लगाए पनि हामीहरु इात्रामा फेरि सँगसँगै कलम उठाउने छौँ । जनतासँगको मुक्तियात्रामा होस्ते र हैँसे गर्दै साथसाथै अघि बढ्नेछौँ भन्ने विश्वास मैले लिएको छु र साथीहरुलाई पनि यही विश्वासले दृढ,निर्भीक र अविचलित हुन अनुरो गर्दछु ।

२०५७ माघ १ गते
कलम त्रैमासिक पत्रिकाको वर्ष ९ र पुर्णाङ्क २८ मा प्रकाशित अन्तरबार्ता

 

उनको चर्चिच कविता बन्दी र चन्द्रागिरि यस्तो छ ।

बन्दी र चन्द्रागिरि

विजयको अन्तिम दिनसम्म
सबै रहौंला वा नरहौंला पछि हामी
र,सायद यो खुसीको हर्षित क्षण
हम्रो सुखद मिलनको अन्तिम क्षण पनि हुन सक्छ ।
र, म पनि रहिनँ भने
यस काव्यको अन्तिम अध्याय पनि
लेखिदा लेखिँदै भोलि अपुर्ण रहन सक्छ ।
तर गेष्टापोको ग्याँस च्याम्वर जस्तो
यस सन्त्रासमय समयमा जस्ले
गद्दारी होइन मृत्यु रोजेका छन्
वास्तवमा यी सच्चा जीवन बाँचेका छन् ।
तिनको नश्वर शरीर कायम नरहे पनि
तिनका महान् आशा र अभिलाशाहरु
सधैँ सधैँ जीवित रहनेछन् ।
जीवनको अन्तिम दिनसम्म
जो कञ्चन र इमान रहे
तिनका सहज स्मृतिहरु प्नि
सधैं सधैं जीवित रहनेछन्
वस्तविक जीवनमा
को मर्नेछ र को बाँचिरहने छन्
त्यसको अन्तिम फसला समयले गर्नेछ,
र भन्नेछ–
जो देश र जनताको लागि बाँचे
ती मातृभूमीका सच्चा सपूत हुन्
र तिनका पवित्र स्मृतिहरु प्नि
सधैं–सधैं जीवित रहनेछन् ।
मैले मेरो राष्ट्रलाई मुटुमा राखेर
मनखुसी जिन्दावाद ! भन्न किन नपाउनू ?
मैले मेरा राष्ट्रका कुलङ्गारहरुको विरुद्ध
मुठ्ठी उठाएर मुर्दावाद! भन्न किन नपाउनू ?
लुकेर देशको छातीमा तीर चलाउने
ए मेरै देशका शिखण्डीहरु हो
तिम्रो पाखण्डीपनको विरुद्ध
मैले तिमीलाई घृणाले धिकार्न किन नपाउनू ?
डम्पिङ साइटको फोहोरजस्तै
राष्ट्रका घीनलाग्दा कसिङ्गरहरुलाई
बुल्डोजर लगाएर
देशले किन आज मनखुसी बढार्न नपाउनू ?
बन्दी र चन्द्रागिरि (पेज ५३–५४)

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?