ICAS
Rara

किरण थापाको कविता : ‘सुनिस्यो मेहरसाप !’

मेहरसाप;

सुनिस्यो मेहरसाप
राज गर्ने भएपछी
राजा जस्तै हुनुपर्छ

भोलि विहानै
सुरु हुनेछ
हजुरको राजकिय भ्रमण
निवासकै पिर्के सलामीवाट
समयमै पुग्नु छ
साइरन वजाउदै
वडादक्षको डोजरले कोतरेको
अभागी गांऊ
र गर्नु छ

विकासको मुल फुटाउने
भाषण
संगै लगिस्यो है

मामाको वोर्डिङ स्कुलको व्रोसर
आफ्नै हस्पिटलको भित्तेपात्रो
सालाको मेनपावरको रंगिन विज्ञापन
रैति संग जादा रित्तै जानु हुदैन

parichay

आफ्नै पौरखले आर्ज्याको गणतन्त्रमा
किन सल्वलाउछन् यि अराष्ट्रिय झुसिल्किरा

हामी पुतलि वनिसक्यौ
आरिषले जलेर हुदैन
मर्जि होस मेहरसाप
सके आफै पुतली वन्नु

लाल झण्डा वाध्यता हो
लाल सलाम वाध्यता हो
लाल सपना वाध्यता हो
समय वदलियो

हामी पनि वदलिनु पर्छ
रहरका लाल वदलिनु पर्छ
रहरका लाल दरवार
रहरका लाल पुर्जा

रहरका लाल वादशाह
छोटा होस् या वडा
के फरक पर्यो र मेहरसाप
राजै गर्ने भएपछी
राजाजस्तै हुनुपर्छ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?