ICAS

स्टार खेलाडीलाई प्रशिक्षण गराएका राई दुखमा, ब्लड क्यान्सर भएकी छोरी बचाइदिन याचना

काठमाडौं l सावित्रा भण्डारी (साम्बा), अनिता बस्नेत, अनिता केसी, मनमाया लिम्बु, गिता राना, सरु लिम्बु जस्ता नेपाली स्टार खेलाडीलाई प्रशिक्षण दिएका एपिएफ क्लबका पूर्वखेलाडी तथा महिला टिमका प्रशिक्षक नरकुमार राई यति बेला दुखको घडीबाट गुझ्रिरहेका छन्। उनी आफ्नी छोरीलाई लागेको ब्लड क्यान्सरको उपचारको लागि अस्पताल धाइरअका छन्।

जीवनको सुनौलो दिन नेपाली फुटबललाई दिएका उनी अहिले छोरीको उपचार गर्ने रकम नहुदाँ थप पिडामा छन्। कान्ती बाल अस्पतालमा भेटिएका उनी ११ वर्षीया छोरी कुसुमी राई गत मंसिरबाट ब्लड क्यान्सरसँग लडिरहेकी बताए। इलामको देउमाई नगरपालिका–३ का स्थायी बासिन्दा हुन् राई। उनकी छोरी कुसुम मंसिर १८ गते क्यान्सर भएको थियो। उनले भने, ‘लामो समय फुटबल खेलमा बिताइयो। आफूसँग भएको रकम सकियो। छोरीको उपचारका लागि थप रकम आफूसँग छैन। यो सार्है पिडाको कुरा रहेछ।’

Parichay
Infomatics

छोरीको उपचारको लागि १४ लाख सकिएको बताएने उनी अब उपचारको लागि आफूसँग सामर्थ्य नरहेको बताए। २०६२ सालदेखि २०६८ सालसम्म एपिएफमा खेलाडीका रुपका खेल खेलेका थिए। त्यसपश्चात् २०६४ सालबाट २०७३ सालसम्म महिला टिमलाई प्रशिक्षण दिएका हुन उनले। उनी पछी सबै छोडेर वैदेशिक रोजगारको लागि बहराइन लागे। तर, उनी लामो समय बहराइन बस्न सकेनन्। पैसा कमानएर छोरीको भविष्य उज्वल बनाउने सपना देखेका राईले छोरी बिरामी भएको थाहा पाएपछी नेपाल फर्कीए। ‘पैसा कमाएर छोरीलाई सुखी जिन्दगी बनाउला भनेको नियतीले ठगिदियो’, अस्पतालको भित्ता तिर फर्किदै उनले आशु पुछ्दै उनले भने, ‘‘विदेश गएको २१ महिना पनि भएको थिएन छोरी बिरामी भएपछि विदा मागेर आएको हुँ।’ दाताहरुले उनलाई २ लाख ५० हजार बराबर सहयोग गरिसकेका छन्।

उनी भन्छन्, ‘उपचार जारी छ। तर, कति लाग्छ अहिले सम्म थाहा छैन।’ उनले छोरीको उपचार गर्न सक्दो गरिरहेको बताउँछन्। अहिलेसम्म हिम्मत नहनरेका उनी छोरीको ज्यान बच्नेमा आशावादी छन्। ‘यो दीर्घकालीन रोग रहेछ। अब दाताहरूको सहयोग बिना छोरीको जीवन सम्भव छैन।’ देशका लागि एउटा स्टार खेलाडी रहेका राईले आफू निरीह बाबु बन्न पर्दा साह्रै दुख लागिरहेको बताए। ‘देशको लागि रामम्रो खेलाडी थिएँ। तर आफ्नै सन्तानको आवश्यकता परिपुर्ती गर्न सकिन्। यो भन्दा ठूला पिडा के हुन सक्छ?’ उनी आफैलाई प्रश्न गर्छ। यो रोगसँग लड्न धेरै आर्थिक भार चाहिने रहेछ। इच्छुक व्यक्तिहरुको सानो सहयोगले ठूलो समस्या हल हुने उनले याचना गरेका छन्। क्लबलाई लामो समयसम्म योगदान दिएको थिए। खेलाडीहरुले व्यक्तिगत सहयोग गर्ने बचन दिएका छन्। अब त दाताहरुकै आशा हो छोरी बचाउन।’ सहयोगी दाताहरुले रिना राईको नाममा सिद्धार्थ बैंक स्वयम्भु शाखामा रहेको खाता नं ०१९१५२६९१४६ मा रकम जम्मा गर्न सक्ने नरकुमार बताउछन्।

pokhara internet
Comments
Loading...