NTHMC

‘म्याच फिक्सिङ’का आरोपित ६ खेलाडीले पाए सफाइ

काठमाडौं । म्याच फिक्सिङ’को आरोप लागेका नेपाली फुटबल टोलीका तत्कालीन कप्तान सागर थापासहित ६ जनाले सफाइ पाएका छन् ।

खेल मिलेमतोको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय टिमका तत्कालीन कप्तान थापा, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापो सर्वोच्च अदालतबाट सफाइ पाएका हुन् ।

roma
parichay

सर्वोच्चका न्यायाधीसद्वय आनन्द मोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको निर्णयलाई सदर गरेको हो ।

ICAS

फुटबलमा खेल मिलेमतोको आरोप लागेका एक प्रशिक्षक र फिजियोथेरापिस्टसहित ४ फुटबलरलाई यसअघि विशेष अदालतले २०७५ जेठ २४ गते उक्त अभियोगमा निर्दोष रहेको ठहर गर्दै सफाइ दिएको थियो । विशेषको उक्त फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो ।

२०७२ कात्तिक २२ गते उक्त मुद्दा विशेषमा उनीहरू विरुद्ध मुद्दा दायर गरिएको थियो । महानगरीय अपराध महाशाखाको टोलीले सागरसहित ६ जनालाई २०७२ असोज २७ गते पक्राउ गरेको थियो ।अदालतले सफाइ दिए पनि अखिल नेपाल फुटबल संघ (एन्फा) र एसियाली फुटबल महासंघ (एएफसी) ले उनीहरूमाथि आजीवन प्रतिबन्ध लगाइसकेको छ ।

pokhara internet
Comments
Loading...