अग्रजका योगदानले समृद्धि आउँछ : अधिकारी

पोखरा । संघीय सांसद खगराज अधिकारीले ‘हाम्रो कला, संस्कृति, भाषा र पूर्वजको योगदानलाई जीवन्त राख्न सके नै समृद्धि आउँछ’ भने । शुक्रबार जहरसिंह प्रतिष्ठान कास्कीले आयोजना गरेको ‘गाउँका सिंह जहरसिंह’ पुस्तक लोकापर्ण कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व अधिकारीले परम्परागत औजारका भरमा ७२ हात लामो भूमिगत कुलो बनाउने काम चानचुने नभएको जनाए ।

खत्रीले आफ्नो मात्रै जमिनलाई सिंचाई नगरी २ हजार मुरी धान उत्पादन हुने कृषि योग्य जमिन तयार गरी कास्की, लम्जुङ र तनहुँको संङ्गमस्थल सिसाघाट उपत्यकालाई आवदी युक्त थलो बनाएको हुँदा जहरसिंहको उद्यमशील योगदानलाई स्मरण गरेको अधिकारीले बताए ।

roma

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक कोइरालाले जहरसिंह के.सी.को काम आजको पुस्तालाई कथा जस्तो लागे पनि वास्तविकता पुस्तकले प्रमाणित गरेको जनाए । समाजका रूपान्तरणका लागि प्रेरणा दिने व्यक्तिलाई समाजले नै संझनु पर्ने आवश्यकता जनाए ।

ICAS

रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले २०२२ सालमा राजा महेन्द्रले जीप चढेर घुमेको रूपा क्षेत्रका सम्पूर्ण सडक कालो पत्रे भएका र आगमी वर्ष चालु अवस्थामा रहेको जहरसिंहको जहरे कुलोलाई गाउँपालिकाले बजेज विनियोजन गरेर संरक्षण गर्ने बताए ।

parichay

त्रिभुव विश्वविद्याल इतिहास विभागका विभागीय प्रमुख प्रा.डा. भवेश्वर पगेनी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रामबाबु सुवेदी, लेखक तथा सम्पादक, डा. बासुदेव काफ्ले, सहप्राध्यापक प्रियम्वदा आचार्य काफ्ले समाजसेवी ऋषिकेश पौडेल लगायतका व्यक्तिले जहरसिंह खत्रीको व्यक्तित्व र योगदानका बारेमा बोलेका थिए ।

४७ वर्ष लगाएर समाग्री सङ्कलन गरी ६५ वर्षपछि पहिलो पटक स्मृति दिवसका अवसरमा पुस्तक सार्वजनिक गरिएको थियो । जहरसिंह खत्रीको जन्म वि.सं. १९४६ सालमा कास्की जिल्लाको रूपा गाउँपलिका वडा नं. ३ पोल्याङटार साविक सिद्ध गाउँमा भएको हो । ६५ वर्षको उमेरमा उनको मृत्यु २०११ साल फाल्गुण २ गते भएको थियो । कुलो अभियन्तता जहरसिंहले, उद्यमशीलता, औषधिमूलो, न्यायसम्पादन लगायत सामाजिक सुधारका क्षेत्रमा विशिष्ट गुन लगाएका थिए ।

कान्छा छोरा ई. रामबहादुर के.सी. भन्छन् ‘नाम कमाउने उद्धेश्यले नभई बुबाले राखेको कृतिलाई अध्ययन सामाग्रीका रूपमा पुस्तक तयार हौं ।’ उनले पुस्तकका लागि २०३० सालदेखि प्रमाणसहितका सामाग्री खोजी गरेका हुन् । अबका दिनमा प्रतिष्ठान सामाजिक क्षेत्रमा सक्रिय रहने जनाए ।

कार्यक्रममा जहरसिंह खत्रीकी जीवित छोरी द्रौपदा कार्कीलाई सांसद खगराज अधिकारीले सम्मान र अभिनन्दन गरेका थिए । प्रतिष्ठानका संयोजक ई.रामबहादुर के.सी.को सभापतित्वमा सम्पन्न भएको समारोहमा लेखक राजन गोदारले शुभकामना मन्तव्य राखेका थिए ।

pokhara internet
Comments
Loading...