कास्कीमा अन्तर प्रहरी इकाई कार्यालय व्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रकाश कोइराला

पोखरा / 

६५औं नेपाल प्रहरी दिवसको अवसरमा अन्तर प्रहरी इकाई कार्यालय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । ‘स्वास्थ्य, अनुशासन, एकता र सद्भावको लागि खेलकुद’ भन्ने मूल नाराका साथ शुक्रबार आयोजित प्रतियोगिता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।

ICAS

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउन, तनाव व्यवस्थापन गर्न तथा एक आपसमा भाईचारको भावना विकास गरी शारिरीक तथा मानसिक रुपमा सवल बनाउने हेतुले कास्की प्रहरीले ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगिताबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी नायव निरीक्षक राम बहादुर अधिकारी र प्रहरी हवल्दार बिष्णु थापा (प्रथम), ईलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकमा कार्यरत प्रहरी हवल्दार टोल बहादुर थापा र प्रहरी जवान तेजसिंह बाग (द्वितीय) र वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी नायव निरीक्षक सुदिप गुरुङ र प्रहरी सहायक निरीक्षक श्याम थापा (तृतीय) भएका छन् । बिजयी खेलाडीहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

pokhara internet
Comments
Loading...