नायिका स्वरा भास्करलाई कंगना रनौतको कटाक्ष : करन जोहरको चाप्लुसी नगर

एजेन्सी / 

फिल्म निर्माता करन जोहरको पक्ष लिएर नायिका स्वरा भास्करले ट्वीट गरेपछि कंगना रनौतले जवाफमा जोहरको चाप्लुसी नगर भन्दै जवाफ फर्काइएकी छिन् । नायिका स्वराले हालै एउटा पोस्टमा कसैको मृत्युको लागि इन्डष्ट्रिका मानिसहरुलाई जिम्मेवार देखाउनु सही नभएको बताएकी थिइन् । यसैलाई लिएर कंगनाले स्वरालाई धेरै चाप्लुसी नगर्न सुझाएकी छिन् ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा फैलिएको नातावाद र परिवारवादको विषयमा अत्यधिक चर्चा भइरहेको छ । नायिका कंगना रनौतले पनि यो समूहवाद र परिवारवादविरुद्ध मोर्चा खोलेकी छिन् ।

ICAS

कंगना रनौत पछिल्ला केही दिनदेखि करन जोहरसहित स्टारकिड्समाथि निशाना साँध्ने कुनै मौका छोडेकी छैनन् । तर अब स्वरा भास्कर उनको एक ट्वीटका कारण कंगनाको रिसको शिकार भएकी छिन् । मानिसहरुले उनलाई पहिले नै ट्रोल गरिरहेका थिए तर कंगनाले त उनलाई सिधै ‘चाप्लुसी’ भनिन् ।

कंगनाले स्वरामाथि निशाना साँध्दै भनिन्, ‘स्वरा चाप्लुसी गर्नु अघि सुरुमा यो कुरा ध्यानमा राख कि कंगनाले अत्यधिक अनुरोध गरेपछि कार्यक्रममा भाग लिएकी थिइन् । उनी एक सुपरस्टार हुन् र करण जोहर तलब खाने एक प्रस्तोतकर्ता । च्यानलले चाहेको खण्डमा करनले कुनै पनि कुरा हटाउन चाहँदैनन् । र उनको आवाज मानिसहरुमाझ पुग्नलाई करन जोहर नै चाहिन्छन् भन्ने छैन ।’

मानिसहरुको अत्यधिक विरोध पछि स्वराले आफ्नो ट्वीट डिलिट गरेकी छिन् ।

pokhara internet
Comments
Loading...