Parichay add

कंगनाले अदालतमा हालिन् उजुरी, दुई करोड क्षातिपूर्ति माग

काठमाडौं  । बलिउड नायिका कंगना रनौतले आफ्नो अफिस तोडफोड गर्नेविरुद्ध अदालतमा उजुरी दिएकी छन् । बृहन्मुम्बई महानगरपालिकाले उनको मणिकर्णिका अफिसमा तोडफोड गरेको थियो । उक्त तोडफोडको विरूद्ध गर्ने महानगरविरुद्ध दुई करोड क्षतिपूर्ति मागसहित उजुरी दिएकी हुन् ।

यसअघि तोडफोड तत्काल रोक्न आदेश दिन भन्दै उनले मुम्बई उच्च अदालत गुहारेकी थिइन् । अदालतले महानगरलाई जवाफ पेश गर्न आदेश दिएको थियो । ९२ पृष्ठ लामो अपिलमा कंगनाले बृहन्मुम्बई महानगरबाट २ करोड क्षतिपूर्ति भराउन माग गरेकी हुन् ।

roma

सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणमा आवाज उठाइरहेकी कंगनाले मुम्बईलाई पाकिस्तानसँग तुलना गरेकी थिइन् । उनले चलचित्रका गुण्डाहरूभन्दा मुम्बई प्रहरीसँग बढी डर लाग्ने गरेको बताएकी थिइन् । जसले गर्दा उनलाई हिमाञ्चल प्रदेश सरकारले सुरक्षाको व्यवस्था समेत गरेको थियो ।

ICAS

मुम्बईको पाली हिलस्थित अफिसमा महानगरले ९ सेप्टेम्बरमा तोडफोड गरेको थियो । कंगनाले आफ्नो अफिसको ४० प्रतिशत भागमा क्षतिमा पुगेको बताएकी छन् ।

९ सेप्टेम्बरमा नोटिस पठाएको महानगरले ९ सेप्टेम्बरमा अफिसमा तोडफोड गरेको थियो । महानगरले कंगनाले बनाएको अफिसमा बाथरूम, किचने र पार्किङ क्षेत्र अवैध रहेको दावी गर्दै आएको छ । एजेन्सी

pokhara internet
Comments
Loading...