राप्रपा अध्यक्ष कमल थापालाई कोरोना

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले एक ट्विट गर्दै अध्यक्ष थापाले यसबारे जानकारी गराएका हुन् ।
उनले ट्विटरमा लेखेका छन् – कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाइका कारण कोभिड-१९ पिसिआर परिक्षण गर्दा मेरो रिपोर्ट ‘पोजिटिभ’ देखिएको छ। अवस्था सामान्य छ। केही दिनयता मसँग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु ।

pokhara internet
Comments
Loading...