NTHMC

कमाउन गएका एक हजार १७२ एकैदिन फर्किए बाकसमा

काठमाडौं । पैसा कमाउन विदेश गएका एक हजार १७२ नेपाली आइतबार एकै दिन बाकसमा स्वदेश फर्किएका छन् । विदेशमा काम गर्न गएका र विभिन्न समयमा ज्यान गुमाएर अलपत्र भएका उनीहरूको शव स्वदेश ल्याइएको हो । क्वालालम्पुरबाट १४ र दोहाबाट चार गरी १८ शव पनि नेपाल ल्याइएको छ ।

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्।  नेपाल एयरलाइन्सले दोहाबाट १५० यात्रु र चार शव, क्वालालम्पुरबाट २५२ यात्रु, दुई बच्चा र १४ शव नेपाल ल्याएको छ। सोही एयरलाइन्स थप नेपालीको उद्धारका लागि दुबई र जेदाह प्रस्थान गरेको विमानस्थलले जनाएको छ। हिमालय एयरलाइन्सले अबुधाबीबाट १५४ यात्रु काठमाडौँ ल्याएको छ ।

roma
parichay

थप नेपाली ल्याउन हिमालयको जहाज अबुधाबी, क्वालालम्पुर र चीनको कुनमिङ उडेको  छ । त्यस्तै मालिन्दो एयरले क्वालालम्पुरबाट १ सय ७० नेपाली काठमाडौँ ल्याएको छ । फ्लाई दुबईले दुबईबाट १ सय ५२ यात्रु ल्याएको छ। कतार एयरवेजले दोहाबाट १३९ यात्रु नेपाल ल्याएको छ ।

ICAS

एयर अरेबियाले सारजाहाबाट १ सय ६५ यात्रु काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सोमबार पनि विभिन्न एयरलाइन्सका १० वटा चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ ।

pokhara internet
Comments
Loading...