NTHMC

चन्द्रमा (बाल कविता)

–रमेशचन्द्र घिमिरे

दिनैपिच्छे आकार फेर्छ चन्द्रमा
आकाशबाट हामीलाई हेर्छ चन्द्रमा
कहिले पूरै उज्यालाे कहिले पूरै कालो
घुमिफिरी जूनले गर्छ आलोपालो
कति बस्ने आकाशमा तल झर न
साथी ठानी हामीलाई माया गर न

roma
parichay

धार बनाई आँसीको केर्छ चन्द्रमा
आकाशबाट हामीलाई हेर्छ चन्द्रमा
जून मामा भनेर भन्नुपर्छ रे
बल्ल पो त हामीलाई माया गर्छ रे
आमासित सोधेर नाता चिनेको
हेर हेर बिस्तारै मामा हिँडेको

ICAS

घुम्टो ओढाई बादलले बेर्छ चन्द्रमा
आकाशबाट हामीलाई हेर्छ चन्द्रमा ।

भोर्लेटार, लमजुङ

pokhara internet
Comments
Loading...