ICAS

मेरो देश नेपाल (कविता)

लकडाउनको बेला पनि देशमा शान्ति छैन
कोरोना र सिमा विवादले सरकारलाई चयन भएन ।
तिन दिशामा भारत छ एक तिर चीन
भुपरिवेष्टिक नेपाललाई घेरा पार्ने किन । ।

यस्तो पारा छिमेकीले गर्न सुहाउँदैन
खरबौको व्यापार दिँदा चित्त बुझाउँदैन ।
युवाशक्ति गोर्खा पल्टन भारतमा गाछन्
दिन उमेर ढल्केपछि बल्ल स्वदेश आउछन् । ।

Parichay
Infomatics

त्यो बेलामा फिल्म हिट गर्न हाम्री चेलीलाई हिरोईन बन्न दिने
आफ्नो देशको बारे बोल्दा मनिषालाई धम्की दिने ।
तिम्रा मान्छेलाई पनि हाम्ले थुप्रै काम देछौं
अमिर देखि फकिरसम्म भाईबन्धु जस्तै खान बस्न देछौं । ।

नेपालको संविधान आउँदा तिम्रो निषेध किन
तराई क्षेत्रमा सधै भड्काउँछौं किन ।
सार्कको शक्तिशाली भारत देश किन यस्तो गर्छ
आठै राष्ट्रको नेतृत्व गरि उदाहरण बन्नुपर्छ । ।

सदियौंको नेपाल–भारत मित्रता कायम राख
विवाद झमेला आईपर्दा टेवलमा राख ।
पैसा व्यापार नदी खोला सबै त्यतै गाछ
विष्पदी र जलनले मुटु छिया छिया भाछ । ।

इमान धर्म सम्झी अव मम भन्ने गरौं
साना देशलाई ठुला देशले सहयोग पनि गरौं ।
सार्कको बैठक बसी अव सम्मेलन तयारी गरौं
आपसी मनमुटाव त्यागी मानव भलो गरौं । ।
राष्ट्र र राष्ट्रियताको सबैले कदर गरौं
मातृभुमी रक्ष ागर्न सबैले सहयोग गरौं । । ।

अनन्त प्रसाद कोईराला
पोखरा–४, कास्की

pokhara internet
Comments
Loading...