NTHMC

बत्ती झ्याप्प गयो (बाल कविता)

–रमेशचन्द्र घिमिरे

पढ्दापढ्दै लौ न हरे बत्ती झ्याप्प गयो
हामी साना विद्यार्थीलाई साह्रै सकस भयो

roma

टुकी बालूँ भने पनि सलाई छैन साथमा
सलाई खोज्न कहाँ जाऊँ लाइट छैन हातमा
पाठ लेख्नुपथ्र्यो आजै लेख्न पाइएन
पढ्ने बेला निभ्ने बत्ती अब चाहिएन

ICAS
parichay

गृहकार्य गर्नु थियोे त्यत्तिकै पो रह्यो
हामी साना विद्यार्थीलाई साह्रै सकस भयो

खोलाभरि नदीभरि पानी छेलोखेलो
बत्ती बाल्न नसकेर बिग्र्यो मेसोमेलो
मैले जस्तै मेरा भाइले दुस्ख नपाऊन कत्ति
झ्याप्प झ्याप्प ननिभेर बलोस् सधैं बत्ती

लेख्दालेख्दै आज पनि बत्ती झ्याप्प गयो
हामी साना विद्यार्थीलाई साह्रै सकस भयो

भोर्लेटार, लमजुङ

pokhara internet
Comments
Loading...