NTHMC

राजधानीको नुन (कविता)

–तेजविलास अधिकारी 

आमा
घरमा दुःखसँगै
दूध ,दही, मही, घ्यू
थियोे, सबै थियोे
अलौटा मकै
तने बोडी, घिरौला, चिचिन्ना
मालभोग केरा सबै त थियोे घरमा

roma

यसघडी सहरमा छु आमा
छ त केवल नुन छ
चामल छ पालिसवाला
प्लास्टिकमा रहेकोे भुजा
सेतो चिनी
त्यसैलाई कतै न कतै मिसाएर
सानो कोठामा नुनको सोझो गर्न
नुन चाखिरहेछु

ICAS

महाब्याधी छ सहरमा
समाचार छ फैलिएको
रोगभन्दा भोक बलियो भो
मजदुर छन् सडकभरि
आआफ्नै व्यवस्था गर्न
सेतो प्लेटका सवारी
कुदिरहेकै छन् डिनर यात्रामा

parichay

दुःख के भन्नु आमा
दुःख मानेर पो के गर्नु ?
जति पुस्तक हेरे पनि
जति विचार गरेर निर्णय गरे पनि
सहरका न्यायमुर्तिले
चित्त बुझ्दो छैन पारा
म सहर मै आए पछि
सम्झदै छु आमा
खेत खन्दाको दुःख
त्यो प्रिय र सन्तोषको सजिलो दुःख
घाँस काट्दाको दुःख
सामान्री दुःख

धेरै गारो हुने रहेछ
नुन बचाउने दुःख
झल्झली आमालाई सम्झिएर
बस्दा दिन निकै नै
लामो बन्दो रहेछ

उपाय के नै छ र ? आमा
म केवल भौतिक सुख खोज्न आएको
त्यो त प्राप्त गर्नेहरूको मन
उनीहरूको ध्यान
अन्तै छ आमा

यो याम म नुनको लागि
नुन चाखेर नगरको नागरिक
भइ बसेको छु
भौतिक सुखभोगले
हो आमा
मृगतृष्णा बाचिरहेछु आमा

pokhara internet
Comments
Loading...