NTHMC

नेपालस्थित विश्वकै लामो झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न (भिडियाे सहित)

पोखरा । बागुलङ र पर्वत जोड्ने विश्वकै लामो झोलुङ्ग पुलको निर्माण कार्य सम्पन्न भएको छ । २०७७ चैतमा सम्पन्न गर्ने गरि सम्झौता भएपनि सम्झौता मिति सकिन करिब १ वर्ष बाँकी रहदै गर्दा उक्त योजना सम्पन्न भएको हो ।

बागलुङ नगरपालिका १ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका १ पाङ अदुवाबारी सम्म पुग्ने झोलुङ्गे पुल ५ सय ६७ मिटर लामो छ । पुलमा २८ वटा लठ्ठा जडान गरिएको छभने पुलमा कुल ९४५ स्टिलडेक बिछ्याइएको छ । पुलको प्रति वर्गफिट चार जना अट्न सक्ने क्षमता रहेको र पुल भरिभराउ भए पनि थेग्न सक्ने क्षमताको रहेको छ । पुल लामो हुने भएकाले बाइक सञ्चालनमा रोक लगाइने छ ।

roma

पुल निर्माणको सम्पूर्ण काम सम्पन्न भईसकेको निर्माण कम्पनी थानी, बीएलटी हिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए । कालिगण्डकी नदीमाथि बनेको १ सय ५२ मिटर अग्लो झोलुङ्गे पुलको लठ्ठा तान्न गाह्रो र चुनौतीपूर्ण भए पनि आधुनिक प्रविधिको सहायताले नमूना परियोजना सम्पन्न भएको खडकाको भनाइ छ ।

ICAS

पुलको आयु ५० वर्ष रहेको निर्माण कम्पनीले जनाएको छ । साथै यो पुल विश्वकै लामो पुल भएको निर्माण कम्पनीको दावी छ । कम्पनीका अनुसार कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टिस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एसियामा लामो मानिने भए पनि बागलुङमा वनेको पुल खुला प्रकृतिको पहिलो हो ।

चाँदनी–दोधारा पुलमा १४–१५ वटा टावर राखेर बनाइएको छ भने बागलुङमा बनेको पुल खुला आकाशमा बनेकाले पनि यस प्रकृतिको पुल नेपालकै नभई विश्वकै लामो पुल रहेको निर्माण कम्पनीका प्रतिनिधि खड्काको भनाइ छ ।

parichay

पुल निर्माणपछि बागलुङ बजारसँग व्यावसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिका, जलजला गाउँपालिकावासीलगायतका जनताका लागि सहज पहुँच पुग्ने बागलुङ नगरपालिकाका नगर प्रमुख नजराज पौडेले बताए । कालिगण्डकी नदीमाथि बनेको उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडकखण्डको ठिकमाथि रहेकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने उनको भनाई छ । पुल निर्माण भएपछी अव मुस्ताङ जाने आन्तरिक तथा बाह्य पर्यटक समेत बागलुङ भएर आउने वातावरण निर्माण भएको संचारकर्मी हरीनारायण गौतमले वताए ।

‘सस्पेन्सन’ पुल विभागमार्फत भएको खुला बोलपत्र प्रक्रियाबाट थानी–बीएलटी–हिमशिखर जेभी निर्माण कम्पनीले छ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता लिएको थियो । पुल नेपाली इञ्जिनीयरले नै डिजाइन गरेका थिए । नेपालमै पहिलो पटक प्रयोग गरिएको लठ्ठा तान्ने चाईनिज प्रविधिको उन्ज मेशिनको प्रयोग गरेर लठ्ठा तानीएको प्राबिधिक इन्जिनियर टोपबहादुर बानीयाले बताए ।

नेपाल सरकारले लठ्ठा तान्ने प्रविधिको मेसिन चीनबाट खरिद गरेर बागलुङ पठाएको थियो । पुलको प्रति स्क्यार फिटमा चार जना अटन सक्ने क्षमता रहेको र पुल भरिभराउ भएपनि थेग्न सक्ने क्षमताको भएको प्रमुख इन्जीनियर वानियाले वताए । पुल लामो हुने भएकाले बाइक संचालनमा रोक लगाउने योजना रहेको छ । पुल निर्माण पछि बागलुङ बजारसँग व्यवसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिकाका जलजला गाउँपालिकावासी लगायतका जनताका लागि सहज रूपमा पुहुँच पुग्न अपुक्ष गरिएको छ । कालिगण्डकी नदी माथि बन्ने उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडक खण्डको ठिकमाथि बन्ने भएकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने विश्वास लिईएको छ ।

तस्विर : सुमन ढुङ्गाना

pokhara internet
Comments
Loading...