NTHMC

पोल्ट्रीसँगै कागती खेतीमा रमाउँदै पोखराका झलक बराल

राजु गिरी, पोखरा । 

पोखराका झलक प्रसाद बराल विगत ७ वर्षदेखि कृषि क्षेत्रमा रमाईरहेका छन् । अहिले उनी एउटा पोल्ट्री फर्म सञ्चालनसँगै कागती खेती तर्फ आकर्षित भएका छन् । पोखरा १७ पावर हाउसमा करिब ६ रोपनी क्षेत्रफल भएको जनहित पोल्ट्र फर्ममा २ रोपनीमा पोल्ट्री, २ रोपनीमा कागती खेती गरिरहेका छन् । निकट भविश्यमै माछा पालन गर्ने उद्देश्य रहेको उनी बताउँछन् ।

roma

पोखरा ७ मासबारका स्थानिय बराल स्कुल जीवनमा पनि घरमा ४, ५ वटा कुखुरा पालेर पकेट खर्च बनाउने गर्थे । त्यसले पोल्ट्रीमा थप उर्जा मिलेको उनी बताउँछन् । उनी भन्छन्– ‘विद्यालय जीवनदेखि नै कुखुरा पालनमा रुची भएकाले यस क्षेत्रमा प्रवेश गरेको हो । स्कुल पढ्नेबेलामा घरमा पालेको थोरै कुखुराबाट पनि पकेट खर्च निकाल्ने गरेकाले यो व्यवसायले मलाई हानी गर्दैन भनेर शुरुवात गरेको हो ।’

ICAS

करिब २० लाख लगानीको बरालको पोल्ट्री फर्ममा कुखुरा हुर्काउनेमात्र नभई कुखुराका विभिन्न जातका चल्ला उत्पादन गर्ने र अन्य ठाउँमा सप्लाई हुने गर्छ । लोकल, ब्रोइलर, गिरीराज, टर्की, लौकाट, बटाईजातका कुखुरालाई ब्रिडिङ गरेर सप्लाई गरिदै आएको पोल्ट्रीका संचालक बराल बताउँछन् ।

कुनै पनि व्यवसाय गर्दा बिचका विचौलियाले नाफा लिने भएकाले यसबाट बच्नुपर्ने उनको भनाई छ । व्यवसायमा नाफाघाटा भैरहने भएपनि निरन्तर मेहेनत गरेमा सफल हुन सकिने उनी बताउँछन् । उनी भन्छन् –‘ कहिले काँही नोक्सान हुँदा नराम्रो लाग्छ तर आफु पछि हट्न हुँदैन । व्यवसायमा केही तलमाथी त भैहाल्छ नी । शुरुमै सफलता पाउन नसकिएपनि भविश्यमा अवस्य सफल भैईन्छ । अहिलेसम्मको स्थिति हेर्दा राम्रो नै छ । एउटा व्यवसायीको हिसाबले भन्नुपर्दा आत्मसन्तुष्टि छ ।’

parichay

राज्यले कृषिलाई प्राथमिकतामा राखेकोमा उनी खुशी भएका उनी किसानको समस्या किसानको मै गएर बुझ्न र समस्याको समाधान राज्यबाटै हुनुपर्ने बताउँछन् ।

कृषि क्षेत्र सिधै मानिसको जीवनयापनसँग जोडिएको हुँदा यो क्षेत्र कहिल्यै पछाडी नपर्ने उनको भनाई छ । कृषि क्षेत्रमा आउन चाहनेका लागि राम्रोसँग बुझेरमात्र लाग्न उनको सुझाव छ । अरुले भनेको भरमा र देखासिखीको आधारमा यस क्षेत्रमा हात हाल्न नहुने उनी बताउँछन् । उनी भन्छन् –‘यो क्षेत्रमा लगानी गर्नु धेरै राम्रो छ । तर एकै चोटी ठुलो लगानीमा गर्नुभन्दा थोरै लगानी र अनुभव बटुल्दै संचालन गर्न उपयुक्त जस्तो लाग्छ ।’

पोल्ट्रीमात्रै नभई कागती खेतीबाट पनि आत्मनिर्भर हुन सकिने बरालको अनुभव छ । उनी भन्छन् –‘विगत ४ वर्षदेखि कागतीको उत्पादनका लागि कागती खेती गरिरहेको छु । शुरुमा लुम्ले कृषि केन्द्रबाट १५० बोट रोपेको थिए त्यसमा ८० वटा सप्रेर आएको छ । कागती ४ वर्षपछि लगातार उत्पादन दिने भएकाले अव उत्पादन हुने समय शुरुवात भएको छ । मैले लगाएको यो कागतीको १ बोट बाट ५, ६ किलो उत्पादन हुने अनुमान गरिएको छ । अहिलेसम्मको अवस्था हेर्दा कागती खेतीबाट पनि हामीले मुनाफा निकाल्न सक्छौं ।’ कृषिका धेरै क्षेत्र रहेको जुनमा गर्दा पनि बुझेर मात्रै लाग्नुपर्ने उनी सल्लाह दिन्छन् । कृषि व्यवसाय बढाउँदै भविष्यमा माछा पालन गर्ने सोँच उनको छ ।

सरकारको कुनै पनि निकायबाट अनुदान नलिएको र गएर बुझ्ने, निवेदन दिने नगरिएको उनी बताउँछन् । उनी भन्छन्– ‘आफ्नै व्यवसायमा व्यस्त भईयो । सूचना नै थाहा नपाएकाले निवेदन दिने कुरै भएन ।’

राज्यले कृषिलाई प्राथमिकतामा राखेकोमा उनी खुशी व्यक्त गर्छन् । किसानको समस्या किसानकोमै गएर बुझ्न र समस्याको समाधान राज्यबाटै हुनुपर्ने बरालको सरकारलाई अनुरोध रहेको छ ।

pokhara internet
Comments
Loading...