ICAS
Rara

आईटिएफ जुनियर टेनिस भोलिबाट शुरु, ११ देशका खेलाडी सहभागि हुने

पोखरा । अन्तराष्ट्रिय टेनिस फेडेरेशन(आईटिएफ)को जुनियर यु–१८ टेनिस प्रतियोगिता भोली (सोमबार) देखि पोखरामा हुने भएको छ । ११ देशका ८४ प्रतियोगिहरु यस प्रतियोगितामा भाग लिने कास्की जिल्ला टेनिस संघले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

नेपालको तर्फबाट ५ पुरुष र १३ महिलागरि १८ जनाको सहभागिता रहने प्रतियोगिता निर्देशक अजय विष्टले बताए । कोरोनो भाईरसका कारण चाईनाबाट आउने सहभागिको संख्या घटेको समेत विष्टले जानकारी दिए । नेपाल सहित भारत, हङकङ, सिंगापुर, चाईना, केन्या, फ्रान्स, मलेसिया, जापान, अमेरिका र जर्मनीबाट सहभागि हुने पत्रकार सम्मेलनमा बताईयो ।

aama movie

अभ्यासका लागि मात्र नभई राष्ट्रका लागि खेल्नुपर्ने जोड दिँदै यो प्रतियोगिता टेनिसमा व्यवसायिक खेलाडी बन्ने माध्यम भएको प्रतियोगिताका संयोजक एवं कास्की जिल्ला टेनिस संघका सल्लाहकार सुर्य भुजेलले बताए । यस प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा टेवा पुराउने उनको भनाई थियो । विश्वमा हुने प्रतियोगिता मध्येको महंगो खेलमा टेनिस पनि पर्ने संयोजक भुजेलले जानकारी दिए ।

अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताले राष्ट्रबाट पनि उत्कृष्ट खेलाडी उत्पादन गर्नमा भुमिका खेल्ने कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले बताए । देशकै ईज्जत राख्ने यस्ता अन्तर्राष्ट्रिय खेललाई भव्यरुपमा सम्पन्न गर्न सबैको साथ आवश्यक रहेको उनले बताए ।

आइटिएफमा आफ्नो अंक बढाउनको लागि खेलाडीहरु खेल खेल्नेछन् । प्रतियोगिता एकल र डबल्स गरी दुई विधामा हुने छ । आयोजक कास्की जिल्ला टेनिस संघले भने व्यवस्थापनको पक्ष मात्र हेर्ने छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?