ICAS
Rara

कोरोनाले किन अत्यधिक पीडामा छ इटली ? मृतक ६ हजार ८ सय माथि

पोखरा/

कोरोना भाइरस ९कोभिड १९० को संक्रमणको सबैभन्दा बढी मारमा अहिले ईटली परेको छ । इटलीमा एकै दिनमा ७सय ४३ जनाको मृत्यु भएको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् ।

govnotice

कोरोनाका कारण त्यहाँ ६ हजार ८ सय २० जनाको ज्यान गइसकेको छ । यो कोरोना भाईरस संक्रमणको उत्पत्तिस्थल भनिएको चीन भन्दा बढी हो । बढ्दो मृत्युलाई हेर्दा इटलीमा कोरोनाको कहर तत्काल रोकिने संकेत नदेखिएको बीबीसीले लेखेको छ ।

कोरोना संक्रमणका कारण इटलीमा बिहीबार ४२७, शुक्रबार ६२७ र शनिबार ७९३ जनाको मृत्यु भएको थियो । तर आइतबार घटेर ६५१ र सोमबार झन् घटेर ६०२ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो । मंगलबार भने बढेर ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको तुलनामा १४१ ले बढी हो ।

इटलीमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा लामो समयदेखि लकडाउन गरिएको छ । तर पनि मृत्यु रोकिएको छैन ।

parichay

महामारी विशेषज्ञ पियरलुइजी कोकोले बीबीसीसँग भनेका छन्, ‘अहिले नै यसको कारण यही नै हो भनेर ठोकुवा गर्नु हतार हुनेछ । धेरै कारणहरु हुन सक्छन् । एक त अनुवांशिकी कारण हुनसक्छ । केही व्यक्ति बिना कुनै लक्षण पनि संक्रमित पाइएका छन् । कतिपयलाई संक्रमण देखिएको छैन । इटली विश्वका सबैभन्दा धेरै पाका व्यक्ति भएको देश हो । बढी उमेरका व्यक्ति संक्रमणको चपेटामा छिटो आउँछन् र उनीहरुलाई जोगाउन मुस्किल हुन्छ ।’

कोको भन्छन्, ‘इटलीका जनताको साँस्कृतिक र सामाजिक गतिविधि पनि संक्रमण फैलाउन मद्दत गरेको छ । यहाँका जनता समूहमा बस्छन्, भेट्नासाथ एकअर्कालाई चुमेर प्रेम साटासाट गर्छन् । परिवारका सदस्यहरु पनि आपसमा निकै नजिक हुन्छन् ।’ यद्यपि कोकोले इटलीको उत्तरी इलाकामा मृत्युको संख्या बढ्नुमा त्यहाँको वायु प्रदुषण पनि हुन सक्ने आशंका गर्छन् ।

इटलीमा कोरोना भाइरसका कारण मृत्युको संख्या बढे पनि संक्रमण दरमा भने केही दिनयता केही कमी आएको छ । इटलीका अधिकारीहरुका अनुसार संक्रमण दर एक प्रतिशतले घटेको छ । व्यक्तिगत दुरी बढाउने नियमको कडा पालना गर्दा संक्रमणको दर घटेको बताइएको छ ।

इटलीमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ६९ हजार १ सय ७६ छ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०का अनुसार कोरोना भाइरस १९५ देशमा फैलिएको छ । यसबाट १६ हजार ३६२ जनाको मृत्यु भइसकेको छ भने ३ लाख ७५ हजार ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चीनबाट फैलिएको यो भाईरसको संक्रमण चीनले नियन्त्रण गरिसकेको छ । तर चीन पछि सबैभन्दा धेरै संक्रमण र मृत्यु ईटलीमा छ । त्यसपछि स्पेन, ईरान, जर्मनी अमेरिका लगायतका देशमा यसको संक्रमण र मृत्यु धेरै छ । (एजेन्सी)

pokhara internet
Comments
Loading...