कोरोना : कति संक्रमण कति मृत्यु ?

पोखरा/

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट पूरै विश्व प्रभावित भएको छ। विश्व स्वास्थ्य संगठनका अुनसार १८६ देश कोरोना भाइरसबाट प्रभावित भइसकेका छन्।

roma

यो भाइरसको संक्रमणबाट १६ हजार ४ सय ९६ जनाले ज्यान गुमाइसकेका छन् भने ३ लाख ७८ हजार २ सय ८७ जना संक्रमित भएका छन्। जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार उपचारपछि निको भएर एक लाख ९ सय ५८ जना घर फर्केका छन्।

ICAS
parichay

संक्रमित बिरामीको संख्यामा पहिलो नम्वरमा अहिले पनि चीन नै रहेको छ । चीनमा ८१ ह्जार ५ सय ७ जना संक्रमित छन्। त्यस्तै इटालीमा ६३ हजार ९ सय २७ जना कोरोना भाइरस संक्रमित रहेको उल्लेख छ।

त्यसपछि अमेरिका ,स्पेन,जर्मनी,इराक र फ्रान्स धेरै संक्रमित हुने सूचीमा छन्। ज्यान गुमाउनेमा इटालीमा पहिलो नम्वरमा छ। इटालीमा हालसम्म ६ हजार ७७ जनाले ज्यान गुमाएका छन् । दोस्रो नम्वरमा चीन छ। चीनमा ३ हजार १ सय ५३ जनाले ज्यान गुमाएका छन्।

उपचार पनि निको हुने बिरामीको संख्यामा चीन पहिलो नम्वरमा छ। चीनमा ५९ हजार ८ सय ८२ जना निको भएर घर फर्केका छन्। त्यस्तै इरानमा ८ हजार ३ सय ७६ जनाको उपचार भएको छ। इटालीमा ७ हजार ४ सय ३२ जना निको भएको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ । (एजेन्सी)

pokhara internet
Comments
Loading...