quantum

असमका १९ लाख मानिस ‘अनागरिक’

एजेन्सी
भारतको पुर्वोत्तर राज्य असमका १९ लाख ६ हजार ६ सय ६५७ नागरिक राज्यबिहीन हुने भएका छन् । असमको नेसनल सिटिजन रजिष्टर (एनआरसी) कार्यालयले जारी गरेको नागरिकको आखिरी सूचीमा ती नागरिकहरुको नाम नै उल्लेख छैन ।
उक्त सूचीमा कुल ३ करोड ११ लाख २१ हजार ४ जनाको मात्रै नाम समावेश छ ।

यद्यपि, असमका एनआरसी अध्यक्ष प्रतीक हजेला तथा मुख्यमन्त्री सर्वानन्द सोनोवालले आखिरी सूचीमा नाम समावेश नभएकालाई नागरिकता प्रमाणित गर्न मौका दिईने बताएका छन् । उनीहरुले नागरिकता प्रमाणित गर्न सकेनन भने उनीहरुको भविष्य के हुने भन्ने बारे प्रश्न उब्जिएको छ ।

उनीहरुको अन्तिम गन्तब्य उच्च अदालतसम्म जानु हो ।

नाम समावेश नभएकाहरुले सरकारी न्यायधीकरणमा पुनरावेदन गर्न सक्नेछन् । त्यसका लागि सरकारले पुनरावेदन गर्न समयसीमा ६० दिनबाट बढाएर १ सय २० दिन बनाएको छ । न्यायधीकरणले पनि उनीहरुलाई नागरिक ठहर गर्ने भने समस्या उत्पन्न हुने भएको छ ।

असममा सन् १९६८ मा नागरिकता ऐन संसोधन गरेर विषेश प्राबधान राखिएको थियो । को असममा जन्मेको हो र को बाहिरबाट आएको भन्ने यकिन गर्न यस भन्दा अघि नै सन् १९५१ मा एनआरसी बनाईएको थियो ।

एनआरसीको आखिरी सूचीमा सन् १९७१ मार्च २४ भन्दा अघिदेखि असममा बस्दै आएकालाई मात्र राखिएको छ । तर सूचीमा नाम समावेश नभएका मानिसहरु नागरिक ठहर नभएमा के हुन्छ भन्ने बारे सरकारले कुनै योजना सार्वजनिक गरेको छैन ।

भारत सरकारले असममा गरेको गतिबिधिप्रति पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले भने मोदी सरकारको नश्लीय सफाया अन्तरगतको अर्को योजना भन्दै आपत्ति जनाएका छन् ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?