ICAS
Rara

हुम्लाका मनकारी आचार्य, जसले दिए अस्पताल निर्माणका लागि २५ लाखको जग्गा निशुल्क

हुम्ला/

कनकासुन्दरी गाउँपालिकाले इलाका स्वास्थ्य चौकी हाडसिञ्जामा १५ श्ययाको अस्पताल निर्माण प्रक्रिया अगाडि बढाएको छ । सो क्षेत्रमा अस्पताल नहुँदा स्थानीयवासी उपचारबाट वञ्चित भएका छन् ।

parichay

अस्पताल भवन निर्माणका लागि स्थानीयवासीले वडा नं ४ हाडसिञ्जामा सात रोपेनी जग्गा निःशुल्क उपलब्ध गराएको इलाका स्वास्थ्य चौकी हाडसिञ्जाका इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायले बताए ।

रविलाल आचार्य र नाना आचार्यलगायतका स्थानीयवासीले १५ श्ययाको अस्पताल निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका हुन् । उनका अनुसार रु २५ देखि ३० लाख मूल्य बराबरको उक्त जग्गामा तीन भवन बन्ने छन् । सङ्घीय सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ योजनाअन्तर्गत अस्पताल निर्माण गर्न लागिएको हो ।

ल्याबमा चाहिने उपकरण आइसकेको इलाका स्वास्थ्य चौकी हाडसिञ्जाले जनाएको छ । जनस्वास्थ्य प्रयोगशाला टेकुबाट रु चार लाख बराबरको ल्याबमा चाहिने उपकरण स्वास्थ्य चौकीमा पुगिसकेको छ । जिल्लासम्म ढुवानी खर्च रु २० हजार कनकासुन्दरी गाउँपालिकाले सहयोग गरेको छ भने जिल्लादेखि इलाका स्वास्थ्य चौकी हाडसिञ्जासम्म स्वास्थ्यका लागि सक्षम प्रणाली कार्यक्रमले सहयोग गरेको छ । रासस

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?