ICAS
Rara

प्रतिनिधिसभाको बैठक आज बस्दै

पोखरा/

संघीय संसदको पाँचौं बैठक आज बस्दैछ । नयाँ बानेश्वर स्थित संसद भवनमा बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ । बैठक दिनको १ बजे बस्नेछ ।

govnotice
parichay

आजको बैठकमा संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले गरेको छ । पछिल्लो समयमा देशमा घटित घटनाक्रमको जवाफ ओलीले दिनुपर्ने छ ।

विषेश गरी सेक्युरिटी प्रेस खरिद प्रक्रियामा पूर्व सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाको ७० करोडको अडियो प्रकरणका बारेमा प्रमुख प्रतिपक्षीले सरकारको आधिकारिक धारणा माग गरेको हो । यसैगरी सदनमा उठेका समसामयिक प्रश्नमा पनि सरकारको तर्फबाट ओलीले जवाफ दिनुपर्ने प्रतिपक्षीको माग छ ।

pokhara internet
Comments
Loading...