NTHMC

हङकङको सुरक्षाव्यवस्था परिवर्तन चीनको विवादस्पद कानुन पारित

एजेन्सी / 

चीनले हङ्‌कङको सुरक्षाव्यवस्था परिवर्तन गर्ने उद्देश्यले बनाइएको एउटा विवादास्पद कानुन पारित गरेको छ ।

roma

उक्त कानुन लागु भएपछि हङ्‌कङमा चीनको प्रभाव बढ्ने र उक्त सहरको स्वतन्त्रता सङ्कुचित हुने आशङ्का छ ।

ICAS

चीनले गत महिना चीनविरोधी विविध गतिविधिलाई अपराध ठहर गर्ने प्रावधानहरू भएको उक्त कानुन लागु गर्ने घोषणा गरेको थियो ।

त्यसबाट पृथक्तावाद, राज्यविप्लव, आतङ्कवाद र विदेशी शक्तिसँगको मिलेमतोजस्ता गतिविधिलाई नियन्त्रण गर्न सकिने उसको तर्क छ ।

गत वर्ष सुपुर्दगीसम्बन्धी एउटा कानुन ल्याउने प्रयास हुँदा हङ्‌कङमा प्रजातन्त्र पक्षधर मानिसहरूले लामो समयसम्म विशाल प्रदर्शनहरू गरेका थिए ।

यो नयाँ कानुनले हङ्‌कङको अस्तित्वलाई अप्ठ्यारोमा पार्ने जोखिम भएको आलोचकहरूको धारणा छ ।

यसबाट हङ्‍कङको न्यायिक र अन्य स्वतन्त्रताहरूलाई ध्वस्त पारिदिने उनीहरूको डर छ ।

सन् १९९७ मा हङ्‌कङलाई ब्रिटिश नियन्त्रणबाट चीनलाई हस्तान्तरण गरिएको थियो ।

parichay

त्यो क्रममा हङ्‌कङलाई केही स्वतन्त्रता दिने सहमति भएको थियो । यो कानुनको प्रस्ताव हुँदा नै हङ्‌कङमा विरोध प्रदर्शनहरू भएका थिए ।

गत मे महिनामा बेइजिङले उक्त कानुन ल्याउने घोषणा गरेपछि अन्तर्राष्ट्रिय समुदायले पनि त्यसको विरोध गरेको थियो ।

तर पृथक्तावादी गतिविधि, राज्यविप्लव, आतङ्कवाद र विदेशी शक्तिसँग मिलोमतो रोक्न उक्त कानुन आवश्यक भएको चीनको तर्क छ ।

उसले उक्त कानुनको आलोचनालाई आन्तरिक मामिलामा हस्तक्षेप मान्ने गरेको छ ।

यो कानुन ब्रिटेनले चीनलाई हङ्‍कङ हस्तान्तरण गरेको वार्षिकोत्सवको अवसरमा बुधवारअघि नै लागु हुने बताइएको छ ।

चीनको न्याश्नल पीपल्स कङ्ग्रेसको स्थायी समितिबाट मङ्गलवार उक्त कानुन एकमतमा पारित भएको हो ।

अब हङ्‌कङको ’बेसिक ल’ अर्थात् संविधानमा यो मङ्गलवार अपराह्णसम्म थपिने अपेक्षा गरिएको छ ।

चीनले यो कानुन पारित भएको विषय आधिकारिक रूपमा पुष्टि गरेको छैन ।

उसले यो कानुनको पाठ पनि सार्वजनिक गरेको छैन ।बीबीसी 

pokhara internet
Comments
Loading...