ICAS
Rara

हिसान कास्की आइडलको अडिसन राउण्ड सम्पन्न

पोखरा, हिसान कास्कीको “दोस्रो लोक नृत्य प्रतियोगिता तथा प्रथम हिसान कास्की आइडल २०७६” शनिवार पोखरा उद्योग वाणिज्य हलमा सम्पन्न भएको छ ।

हिसान कास्कीमा आवद्ध ६८ विद्यालय तथा कलेज विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्नका लागि एकल नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । उक्त छनोट प्रतियोगिताबाट उत्कृष्ट १० छनोट भएका छन् ।

parichay

छनोट हुनेहरुमा रोशन घर्ती मगर–कास्की मोर्डनाइज्ड एकेडेमी, अञ्जना गुरुङ–न्यू लाइट माध्यमिक विद्यालय, ज्योती गुरुङ–न्यू मोडेल माध्यमिक विद्यालय, सुप्रीया गुरुङ–बाल प्रभात माध्यमिक विद्यालय, मिनाक्षी तिलिजा–माउण्ट अन्नपूर्ण माध्यमिक विद्यालय रहेका छन ।

त्यसै गरि डोलमाया गुरुङ–ताराकुञ्ज माध्यमिक विद्यालय, रबिना पुर्जा – न्यू एरा माध्यमिक विद्यालय, अञ्जु गुरुङ–भाष्कर मेमोरियल स्कूल, सुयशा पुन–पश्चिाञ्चल माध्यमिक विद्यालय, र विनिता नेपाली–ग्लोबल कलिजियट माध्यमिक विद्यालयहरु छनोट भएका छन् ।

उक्त प्रतियोगिताको माध्यमबाट हिसान कास्कीमा रहेका विद्यार्थीहरु पढाइको संग–संगै कला, सस्कृतिमा पनि छुटै पहिचान बनाउने सक्ने हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्माले बताए । कार्यक्रमको संयोजक तथा सञ्चालन हिसान कास्कीका सचिव दिवाकर जैसीले गरेका थिए । उक्त प्रतियोगिताको ग्राण्ड फिनाले (अन्तिम प्रतिस्पर्धा) यही माघ २३ गते पोखरा वाणिज्य हलमा सम्पन्न हुने समेत जानकारी जैसीले गराएका छन ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?