हिम्कु हिमपहिरोको एक महिना : फेला परेनन् वेपत्ता भएकाहरु

पोखरा/

अन्नपूर्ण पदयात्रामा पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तरगत हिम्कु हिमपहिरोमा परी चारजना वेपत्ता भएको आज एक महिना पुगेको छ । एक महिनासम्म उनीहरुको अवस्था अज्ञात छ । विभिन्न उपायबाट खोजी कार्य गरिएपनि उनीहरुको अवस्था पत्ता नलागेको सरोकारवालाहरुले बताएका छन् ।

roma

ICAS

एक महिना अघि भएको भारी हिमपातमा परी चार जना कोरियन पर्यटक तथा तीन जना नेपाली गाइड र भरिया अझै हराईरहेका छन् ।

हराउने कोरिनय पर्यटकमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेका छन् भने सङ्खुवासभाका छिरिङ भोटे, धादिङका मीनबहादुर तामाङ र पोखराका सरोज परियार वेपत्ता छन् ।

parichay

पदयात्रा पर्यटन व्यवसायीहरुको छाता संस्था टान गण्डकी च्याप्टरले उनीहरुको खोजी कार्य निरन्तर भईरहेको जनाएको छ । खोजीको क्रममा नेपाली गाईड सरोज परियारको टोपी फेला परेको थियो । टानका गण्डकी च्याप्टर अध्यक्ष हरि भुजेलले हिम्कु क्षेत्रमा अझै पनि १० मिटर बाक्लो हिउँ जमिरहेको

ले खोजी कार्य कठीन भएको परिचयन नेटवर्कलाई जानकारी दिए । ‘प्राकृतिक रुपमा हिउँ पग्लिएर नगएसम्म खोज्न गार्हो छ ।’ उनले भने ।

हिमाली क्षेत्रको मौसम सफा भएका कारण केही दिन अघि अन्नपूर्ण पदयात्रा मार्ग खुलाईएको थियो । खराब मौसमका कारण उक्त पदयात्रा मार्ग बन्द गरिएको धेरै समयपछि खुलेको थियो । तर पनि फिष्टेल आधार शिविर अझैसम्म जोखिमपूर्ण रहेको व्यवसायीले बताएका छन् । १७ फ्रेबु्रअरि देखि उक्त क्षेत्रमा पुन हिमपात हुने सम्भावना रहेका कारण हिमाली पदयात्रा गर्न व्यवसायीहरुले सचेत गराएका छन् ।

अन्नपूर्ण पदयात्रा मार्ग विश्वकै उत्कृष्ट १० पदयात्रा मार्गको रुपमा परिचित थियो । पदयात्रा मार्गमा जथाभावी बाटो खन्न थालिएपछि उत्कृष्ट १० को उपाधी खोसिएको थियो ।

pokhara internet
Comments
Loading...