ICAS
Rara

हिमाली साँस्कृतिक परिवारको वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम

पोखरा

नेपाली लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासका लागि स्थापित हिमाली साँस्कृतिक परिवार पोखराले संस्था स्थापनाको २३ औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम आज पोखरामा गर्दैछ ।

वि.सं २०५३ सालमा पोखराका कलाकारहरूले हङ्कङ्मा ‘पोखरेली साँस्कृतिक साँझ’ कार्यक्रम गरेपछि संस्थाको आवश्यकता महसुस भयो । वि.सं. २०५४ माघ १५ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत रूपमा संस्था दर्ता गरेपछि हिमाली साँस्कृतिक परिवार निरन्तर नेपाली र पोखरेली संस्कृतिको उत्थानमा क्रियाशील रहेको जानकारी परिवारका अध्यक्ष एवम् वरिष्ठ नृत्य निर्देशक मेनकाजी गुरुङले परिचयसँग बताए ।

parichay

विशिष्ट योगदान दिने स्रष्टालाई सम्मान र अभिनन्दन गरिसकेको संस्थाले स्थापना दिवसका सन्दर्भमा पोखराका कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठलाई अभिनन्दन र सम्मान गर्ने कार्यक्रम रहेको जानकारी परिवारका सचिव श्रीजंग गुरुङले दिए ।

विकासोन्मुख देश नेपालको संस्कृति अतिक्रमणमा पदै गएको अवस्थामा मेचीदेखि महाकाली र हिमालदेखि तराईंसम्मका विभिन्न जातजाति र समुदायको परम्परागत विशिष्ट संस्कृतिको संरक्षण र सम्वद्र्धन गरी विविधतामा एकताको सन्देश दिने लक्ष्य संस्थाले राखेको छ । नेपाली लोकगीत, लोक नृत्य, लोक बाजा र लोक संस्कृतिको प्रदर्शन गर्नु नेपालीको गौरव हो भन्ने भावनाले स्वदेशका विभिन्न भूगोलमा प्रस्तुति दिँदै आएको छ । मौलिक नेपाली संस्कृति जगेर्ना गर्दै विदेशमा रहने नेपाली समुदायलाई नेपाली संस्कृति कामम राख्न हङकङ, नर्बे, बु्रनाई, सिङ्गापुर, चीन, जापान र भारत लगायतमा क्षेत्रमा परिवारले लोक संस्कृति प्रदर्शन गरिसकेको छ ।

जातीय र राष्ट्रिय स्वाभिमानलाई नेपालीको मनमनमा स्थापित गर्न सफल परिवारले युवा पिँढीलाई नैतिकवान र सुसंस्कृत बनाउन आफ्नै सचिवालयमा लोक नृत्य प्रशिक्षण चलाउँदै कलाकार उत्पादन गरेको छ । विभिन्न जातजातिका लोप हुन लागेका साँस्कृतिक धरोहरहरूको खोजी गरी मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्मका संस्कृतिलाई क्रियात्मक अभियानमा रुपान्तरण गरेको छ ।

नेपालमै पहिलो पटक २०५८ सालमा पञ्चेबाजा प्रतियोगिता आयोजना गरेको हिमालीले पोखरामा आउने विशिष्ट पाहुनालाई स्वागत गर्न पञ्चेबाजाको समूह नै बनाएको छ । कलाकारहरूलाई सहयोग गर्ने उद्धेश्यले ५० लाख बराबरको अक्षयकोष स्थापनामा लागेको छ । प्रमुख संरक्षकमा वरिष्ठ संस्कृतिकर्मी चेतन काकी र संरक्षकमा नरबहादुर शेरचनलाई पाएकोमा संस्था गर्विलो बनेकोे कुरा वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापाले बताए ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?