रातको समयमा हिँड्डुल गर्न निषेध गर्ने निर्णय

काठमाडौं । सरकारले कोरोना प्रभावित जिल्लाका शहरी इलाकामा रातिको समयमा हिँड्डुल गर्न निषेध गरेको छ । गृहमन्त्रालयले एक विज्ञप्ति जारफ गर्दै कोरोना प्रभावित जिल्लाका मुख्य शहरमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुल गर्ने जनाएको हो ।

यस्तै, कोभिड-१९ को संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र/स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले निर्णय गरी तुरुन्त बन्द गर्ने, कोभिड-१९ को थप परीक्षणको व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ ।

roma

यस्तै, सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्ति बाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गृहले जनाएको छ ।  होटल, रेष्टुरेण्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला जस्ता कार्य निषेध गर्ने सरकारको निर्णय छ ।

pokhara internet
Comments
Loading...