विदेशबाट फर्किएर कृषिमा लगानी, नमुना बन्दै ‘हेमजा डिलबारी कृषि फर्म’ (फोटो र भिडियो सहित)

सन्तोष बस्याल

पोखरा / 

roma

विगत २१ वर्षदेखि युरोप बस्दा पोखरा–२५ का भरत थापाको कमाई राम्रै थियो । सबैको सपना बन्ने युरोपमा जीवनको दुई दशक बिताए, उनले । युरोप बस्दा उनलाई लाग्यो– मिहिनेत गरे नेपालमा नै केही गर्न सकिन्छ । उनी देश फर्किए । कडा परिश्रम गर्ने सपनाका साथ सुरु गरे, कृषि फर्म । राजेन्द्र थापा र रामचन्द्र थापासँग मिलेर भरतले हेमजाको डिलबारीमा एउटा कृषि फर्म सञ्चालनमा ल्याएका हुन् । ६ महिना अघि सुरु गरिएको फर्मको नाम राखिएको छ ‘हेमजा डिलबारी कृषि फर्म’ ।

ICAS

१२ रोपनी जग्गामा फैलिएको कृषि फर्ममा कालिज पालनसहित तरकारी खेतीसमेत गरिएको छ । निकट भविष्यमा लोकल कुखुरा पाल्ने र रेष्टुरेण्ट खोल्नेसम्मको योजना रहेको बताउँछन्, भरत । राजेन्द्र थापाको जग्गामा रहेको कृषि फर्मलाई प्राकृतिक सुन्दरताले समेत घेरेको आभाष हुन्छ ।

नातामा राजेन्द्र भरतका भाइ हुन् भने रामचन्द्र भान्जा । राजेन्द्रसँग केही समय कतार बसेर आएको र हेमजामै कुखरा पालन गरेको अनुभव छ भने रामचन्द्र पनि कोरियाबाट फर्केर आएका हुन् । धन कमाउने आशाले प्रदेशिएका तीनै जना आफ्नै गाउँठाउँ बनाउने हेतुले लागिपरेका छन् ।

बाँझो खेत र भिरालो खाली रहेको जमिनमा उब्जनी गरेर उदाहरणीय बनेको छ तीनै जनाको परिवार ।

सञ्चालकहरु : भरत थापा, राजेन्द्र थापा, रामचन्द्र थापा

कृषिमा लाग्ने सोच भरतलाई हाल आएर भएको होइन । यो पेशामा उनी पहिलादेखि नै लाग्न चाहन्थे । समयले अहिले जुरायो । कृषिमा अध्ययन गरेरै उनी उक्त पेशामा लागे ।

हेमजा आफैँमा पनि कृषिको नमुना गाउँ हो । हेमजाको आलु बढी प्रख्यात छ । उसो त अन्य तरकारी खेतीसमेत नहुने होइन । गरिरहेको र भइरहेको कृषि क्षेत्रमै केही नयाँ गर्ने उद्देश्य स्वरूप लगानी गरेको भरत बताउँछन् ।

parichay

हेमजा डिलबारी कृषि फर्ममा हाल पाँच सय कालिज रहेका छन् । कालिजको सुरक्षाका लागि तारजाली लगाई व्यवस्थित गरिएको छ । करिब डेढ करोड लगानीमा निर्माण गरिएको कृषि फर्मको विशेषता भनेकै एकै स्थानमा सबै थरिका कृषि हुन् । तरकारीमा उनीहरूले गोलभेडा, भेण्टा, बन्दागोपी लगाएका छन् ।

भरत अब युरोप फर्किने सोचमा छैनन् । नेपालमा त्यो पनि आफ्नै जन्म ठाउँमा माटोसँग रमाउने प्रण लिएका उनी भन्छन्, ‘नेपालको राजनीतिक क्षेत्र,समय परिस्थितिले साथ दिए आफ्नै बारीमा रमाउँदै आटोपिठो खान मन छ ।’

भिडियो:

लगानीलाई लिएर भरत आशावादी देखिन्छन् । आशावादी भन्ने बित्तिकै तत्काल प्रतिफल पाउने भन्ने पनि नभएको उनी बताउँछन् । दुई वर्षजति परीक्षणकालकै रूपमा लिएको उनको भनाइ छ । तत्काल नै आम्दानी गर्ने सोच नभएको थप्छन् रामचन्द्र थापा पनि ।

भरतका अनुसार व्यवसाय एक आँट हो । कृषि क्षेत्रमा नयाँ आउनेलाई बुझेर आउन उनको सुझाव छ ।

हेमजा डिलबारी कृषि फर्ममा अवलोकन गर्नेहरूको समेत घुइँचो लाग्ने गरेको भरत बताउँछन् । आफ्नो फर्मको अवलोकन पश्चात दुई÷तीन जनाले कालिज पालन सुरु गरिसकेको उनको भनाइ छ । लगानी गर्नेहरूलाई भरत तत्काल आम्दानीको अपेक्षा नगर्न सुझाउँछन् । लगनशीलता र मिहिनतपछि नै प्रतिफलको आशा गर्न सकिने उनको बुझाइ छ ।

कृषि क्षेत्रमा लगानी गरिसकेपछि आफ्नो उपस्थिति अनिवार्य हुनुपर्ने भरतको अनुभव छ । भन्छन्, ‘म त साहु हो । कर्मचारी खटाउँछु । कृषि फर्म सञ्चालन गर्छु भनेर आउनुभयो भने डुब्नुहुन्छ ।’

(तस्बिर र भिडियो : प्रेम थापा, परिचय नेटवर्क)

 

pokhara internet
Comments
Loading...