NMB Bank

‘नयाँ दिल्लीमा आंतकवाद हमला हुन सक्छ’

 भारतका गुप्तचर निकायहरुले भारतको राजधानी नयाँ दिल्लीमा आतंकवादी आक्रमण हुन सक्ने बताएका छन्। दैनिक भास्करमा भनिएको छ, ‘ ठूला चाडपर्वको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीdमा खबर छ।’ आतंकीवादीहरूले राजधानी नयाँ दिल्लीका नौ देखि १० ठाउँमा आक्रमणको चेतावनी दिएको खबर छ। आक्रमण गर्ने योजना बनाएकाहरुको खोजी र सुरक्षा व्यवस्था कडा पार्ने कार्य भइरहेको दिल्ली प्रहरीले जनाएको छ। अमेरिकी सहायक रक्षामन्त्री रैडल साइवरले जम्मु कश्मिरलाई अनुच्छेद ३७० हटाइपश्चात अतंकवादीहरू भड्किएको बताएका छन्। यदी पाकिस्तानले आंतकवादीहरूलाई कारबाही नगरेर भारतमा हमला हुन सक्ने सहायक रक्षामन्त्री साइवर बताएका हुन्। उनले भनेका छन्, ‘पाकिस्तान आंतकवादी समुहविरूद्ध कसरी अगाडि बढ्छ। यो चिन्ताको विषय हो।’

एजेन्सी

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?