ग्यापुले दशैंमा लोकल खसी, कुखुरा र हाँसको होम डेलिभरी गर्दै, शुरू भयो बूकिङ

काठमाडौं । ग्यापु डट कमले दशैँलाई लक्षित गरि लोकल खसी, कुखुरा र हाँस होम डेलिभरि गर्ने भएको छ ।

चेन रेस्टुरेन्टमा लोकप्रिय बाजेको सेकुवासँगको समन्वयमा जिउँदै, खुइल्याएको र काटेर टुक्रा गरी उपभोक्ताको मागअनुसार होम डेलिभरी गर्ने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए । साथै ग्यापुले दशैंमा पचास लाख बढीको उपहार, क्यास ब्याक, छुट र बम्पर अफर ल्याउने खड्काको दाबी छ ।

roma

‘अधिकाशं मानिसहरू खसी किन्दा रङ, सिङ हेरेर र तौल जोखेर लिने गर्छन्,’ उनले भने, ‘हामी यो कुरालाई पनि सहज बनाउँदै छौं, सामाजिक सञ्जालमार्फत भिडियो कल गरेर उपभोक्तालाई देखाएर रोजेको खसी डेलिभरी गर्दैछौं ।’

ICAS
parichay

दशैंमा उपत्यकामा तीन हजार खसी बेच्ने उदेश्यले ग्यापुले खसीको प्रि-बूकिङ पनि शुरू गरिसकेको छ । उपभोक्ताले अहिले नै खसी घरमै लगेर पाल्ने भए पनि होम डेलिभरी गरिने खड्काले बताए ।

होम डेलिभरी सेवा भरपर्दो भएकोले समन्वय गरी काम गरेको बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी बताउँछन् ।

ग्राहकले सामान खरीद गर्दा फोनपे, कनेक्ट आईपीएस, सेल पे, ई–सेवा, खल्ती, आईएमई पे, प्रभु पेबाट भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद पनि दिन सक्नेछन् ।

लकडाउनकै अवधिमा स्थापना भई आक्रमक व्यापार गरिरहेको ग्यापुले छोटो समयमै चार दर्जन बढीलाई रोजगार दिन सफल भएको छ । ग्यापुले विभिन्न कम्पनी र ठूला सप्लायर्ससँग सहकार्य गरेर उपत्यकाभित्र सेवा दिइरहेको छ । सामान बिक्री भएको ३ देखि ५ दिनभित्रै भेन्डरलाई भुक्तानी दिने बताउँदै खड्काले निःशुल्क सामान डेलिभरी गरिने बताए ।

pokhara internet
Comments
Loading...