NTHMC

घट्यो सुनको मूल्य

पाेखरा/साताको पहिलो दिन आइतबार सुनको मुल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको छ। सुन आज प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुन प्रतितोला ७२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी तेजाबी सुन ७० हजार नौ सयमा कारोबार भइरहेको छ। अघिल्लो दिन ७१ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोलामा दश रूपैयाँ घटेर ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

pokhara internet
Comments
Loading...