quantum
Sag

मन्त्री पद खोसिएपछी विस्टको प्रतिक्रिया : ‘ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ।’

काठमाडौं / निवर्तमान श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै आफूले माहुरीझैँ खटेर काम गरेको अभिव्यक्ती दिएका छन्। पुनर्गठित मन्त्रिमण्डलबाट हटाइएपछी उनले भावुक स्टाटस हालेका छन्।

उनले आफ्नो कार्यकालमा केही राम्रा काम गरेको बताए। ‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ, वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ।’ अहिले मन्त्रीबाट बाहिरिदाँ थप उर्जा र प्रेरणा मिलेको पनि उनले बताए। ‘मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु।’ मन्त्रीबाट बाहिरिदैँ उनले भनेका छन्।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?