डा.गोविन्द केसीलाई ‘जागौँ पोखरा’को समर्थन

पोखरा । सुशासनका लागि पोखरामा क्रियाशील ‘जागौँ’ पोखरा अभियानले अनसनरत डा. गोविन्द केसीलाई समर्थन गरेको छ ।
स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि लामो समयदेखि संघर्षरत डा.केसीलाई अभियानले समर्थन गरेको हो । केसी कर्णाली प्रदेशको, जुम्लामा पुनः आमरण अनसन बसेका छन् । उनलाई पटक–पटक अनसन बस्न बाध्य गराउने परिस्थिति बनेको प्रति गम्भीर ध्यानाकर्षण भएको अभियानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुदृढिकरण गर्ने र देशका विभिन्न भागमा नयाँ सरकारी मेडिकल कजेलहरु सञ्चालन गर्ने, कोरोना महामारीसँग प्रभावकारी तवरले जुध्ने, २०७५ साउन १० गते सरकारसँग गरेको सम्झौता बमोजिम चिकित्सा शिक्षा ऐनमा संशोधन गर्ने, लगायतका माग राख्दै केसी अनसन बसेका हुन् ।

roma

अभियानले केसीका यी सबै माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ । साथैसम्बन्धित प्रशासनले उनको जीवन रक्षाको पूर्ण ग्यारेण्टी गर्न र उनका समर्थकहरु माथि कुनै प्रकारको मानसिक वा शारिरीक दवाव दिने काम नगर्न खवरदारी पनि गरेको अभियानका संयौजक शिरीष गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ICAS

डा. केसीको समर्थनमा सामूहिक कार्यक्रम गर्दै आएको ‘सोलिडारिटि फर डा. गोविन्द केसि’सँग सहकार्य गर्दै पोखरामा उनको समर्थन कार्यक्रम गर्न छलफल भइरहेको अभियानका सूचना अधिकारी कृष्ण बरालले जानकारी दिए ।

pokhara internet
Comments
Loading...