NTHMC

घनश्याम लामिछानेद्वारा निर्देशित युट्युबमा भएका हेर्नै पर्ने तीन चलचित्र

सन्तोष बस्याल

पोखरा / 

roma

चलचित्र क्षेत्रमा एक प्रख्यात नाम हो घनश्याम लामिछाने । रंगकर्म हुँदै लामोसमयदेखि चलचित्र कर्ममा सक्रिय छन् लामिछाने । काठमाडौँ बाहिर रहेर पनि राम्रा चलचित्र निर्माण गर्न सकिन्छ भन्ने उदाहरण हुन् उनी । पोखरामा बसेर काठमाडौँलाई टक्कर दिने निर्देशक मध्ये पर्छन लामिछाने । नेपाली होस् या भाषाभाषीका चलचित्र निर्देशनमा उनको अलग्गै अन्दाज छ । नेपाली समाजको वास्तविक रुपलाई निर्देशन मार्फत पर्दामा उतार्न खप्पिस निर्देशकलाई मोफसल शब्द नसक्नेहरुले भन्ने ट्याग जस्तो लाग्छ । पहिलो चलचित्र ‘प्रेम मिलन’ बाट उनको निर्देशकिय यात्रा सुरु भयो ।

ICAS

प्रेम पागल, गुरुङ चलचित्र रोधी , गुरुङ सँस्कृतिमा आधारित चलचित्र च्यागी , डकुमेन्ट्री लबली पोखरा, धौली, पञ्चेबाजा, अग्नीदहन लगायतका चलचित्र लामिछानेद्वारा निर्देशित चलचित्र हुन् । काम गर्दै गए सफल अवश्य भईन्छ भन्ने मान्यता राख्ने लामिछानेका युट्युबमा भएका तीन चलचित्रका विषयमा यहाँ चर्चा गरिएको छ ।

रोधी : गुरुङ संस्कृतिको अति प्यारो शब्द हो रोधी । घनश्याम लामिछाने निर्देशित, श्याम शुक्ला फिल्म प्रोडक्सनको ब्यानरमा २०६० सालमा निर्मित यो सिनेमाले रोधिघरमा जन्मेको एउटा बच्चाको कथामा आधारित गुरुङ चलचित्रले गुरुङ चलचित्रको इतिहासमा ठूलो चर्चा बटुलेको थियो । यसमा मुख्य कलाकारहरु सबै पोखराका थिए । कुल प्रसाद गुरुङ, कुमार गुरुङ, बिनिता गुरुङ, होम गुरुङ, केश गुरुङ, देबि गुरुङ आदि कलाकारद्वारा अभिनित चलचित्रमा जसवन्त देब श्रेष्ठको छायांकन र सम्पादन गरेका थियो ।

parichay

धौली : घनश्याम लामिछानेद्वारा निर्देशित यो चलचित्र २०७२ सालमा रिलिज गरियो । नेपाली गाउँले परिवेशको लोक चलनचल्तीको शब्द हो धौली । यसको अर्थ ठूलो शरीर भएकी महिला भन्ने बुझिन्छ । दलित महिला प्रधान यो चलचित्र नेपालका धेरै अवार्ड हरुमा सामेल भएको थियो । पोखरा बाट निर्माण भएको सिनेमाले बिशेष गरि उत्कृष्ट नब निर्देशक, उत्कृष्ट चरित्र अभिनेत्री, उत्कृष्ट पोस्टर, उत्कृष्ट बाल कलाकार, उत्कृष्ट कथा, पटकथा र डि—सिने मौलिक चलचित्र निर्देशन सम्मान जस्ता अवार्डमा समाबेश एवम् पुरस्कार समेत जित्यो । यो चलचित्रबाट निर्देशक घनश्याम लामिछानेको नाम एक मौलिक चलचित्र निर्देशकको रुपमा मुलधारमा स्थापित भयो । स्पाइनी ब्याबब्लर ब्यानर बाट लेखकद्वय सन्तोष कुमार आत्रेय र सम्भु थापालाई निर्माता र लेखकका रुपमा पनि स्थापित गराएको चलचित्र हो धौली । चलचित्रका मुख्य कलाकार गिता अधिकारी (धौली ) र बिष्णु गौतम (कान्छा ) को अभिनयलाई समेत रुचाइएको थियो ।

पञ्चेबाजा : घनश्याम लामिछानेद्वारा निर्देशित चलचित्र पञ्चेबाजा त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र हो । चलचित्रमा हिन्दु परम्पराअनुसार गरिने विवाहको प्रसंगलाई देखाइएको छ । २०७४ फाल्गुन ११ मा रिलिज भएको सिनेमा पञ्चेबाजामा सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, प्रकाश घिमिरे, जस्मिन श्रेष्ठ, सुब्बा, प्रमिला तुलाचन, सबिन बास्तोला लगायतका स्थापित कलाकारहरुको अभिनय छ । चलचित्रले दर्शक सहित समिक्षकहरुको समेत राम्रो प्रतिक्रिया पाएको थियो ।‘कृ’ चलचित्रबाट केही अपजस भोगेका कथाकार प्रदीप भारद्वाजको फरक र मौलिक कथामा आधारित चलचित्रको घिन घिन मादल , घिन घिन मादन मुरलिको तिर … भन्ने बोलको गित हिट भएको थियो। चलचित्रलाई हरि घले लामाले खिचेका हुन् भने सम्पादन दिर्घ खड्काको हो । विकास चौधरी र कालिप्रसाद बास्कोटाको सँगीत र उत्तम न्यौपानेको मिक्सिङ रहेको चलचित्रलाई राजेश शाहीले निर्माण गरेका थिए ।

pokhara internet
Comments
Loading...