रंगशाला निर्माण गर्न प्रदेश सरकारले ३ करोड दिने

‘धुर्मुस-सुन्तली फाउण्डेशन’को अगुवाईमा चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुदैँछ । देश तथ विदेशमा रहेका सम्पूर्ण संघसस्था तथा व्यक्तिहरुको सहयोगबाट रंगशालाको निर्माण भइरहेको छ ।

यस्तैमा, बागमती प्रदेश सरकारले रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष २०७७/०७८ का लागि अनुदान रकम दिन लागको हो ।

roma

कोभिड १९ को संक्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेको भन्दै काम सुचारु गर्न सहज होस् भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए ।

pokhara internet
Comments
Loading...