चिरञ्जीवी भूर्तेलको निर्देशनमा सर्ट फिल्म “गरिबको दशैँ” सार्वजनिक

पोखरा /

पछिल्लो समय सर्ट फिल्म निर्देशनमा व्यस्त रहेका निर्देशक चिरञ्जीवी भूर्तेलको निर्देशनमा ‘गरिबको दशैँ’ सर्ट फिल्म सार्वजनिक भएको छ । नेपालीहरुको महान पर्व विजयादशमी तथा शुभदिपावलीको अवसर पारी सार्वजनिक गरिएको फिल्ममा दशैं गरिबका लागि कसरी दशा बन्न सक्छ भन्ने विषयलाई उठान गरिएको छ ।

गाउँसमाजका कथालाई टपक्कै टिपेर समाजकै पात्र मार्फत भूर्तेलले फिल्ममा उतारेका हुन् । सर्ट फिल्ममा कुनै पनि चलेका अनुहार देखिदैनन् । समाजकै दुखसुखमा रमाइरहेका कलाकारको जीवन्त अभिनय सर्ट फिल्ममा छ । फिल्मको कथा भूर्तेलले नै लेखेका हुन् । सर्ट फिल्मलाई युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

ICAS

pokhara internet
Comments
Loading...