Parichay add

गण्डकी प्रदेशमा हेलो डाक्टर हेल्पलाइन नम्बर १०९२

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा हेलो डाक्टर हेल्पलाईन सन्चालित छ । कोरोना सम्बन्धि कुनै जानकारी, परामर्श लिनुपरे घरमै बसी बसी हटलाइन नम्बर १०९२ मा फोन गर्न सकिने प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयले कोरोना संक्रमणबाट जोगिन घरमै बस्न आग्रह समेत गरेको छ । एक सुचना जारी गर्दै मन्त्री नरदेवी पुनले आफ्नो टोल छर छिमेकमा हालै विदेशबाट कोही घर फर्केको भए ” सेल्फ / होम क्वारेन्टाइन ” मा बस्न आग्रह गरिन । यसको जानकारीका लागि १०९२ कल गर्न उनको अनुरोध छ । पोखराको मालेपाटनमा रहेको कृषि तालिम केन्द्रमा क्वारेन्टाइनको व्यवस्था गरिएको र अहिले विदेशबाट आएका र पुर्वबाट पोखरा छिरेका १६ जनालाई क्वारेन्टाइनमा राखिएको उनले बताईन ।

roma

पूर्वाधार सम्पन्न डेडिकेटेड आइसोलेसन हस्पिटल पनि सन्चालनमा आउने प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले बताए । गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयले ‘सेल्फ/ होम क्वारेन्टाइनमा’ बस्दा पालना गर्नु पर्ने नियमहरु तय गरि ति नियमको इमान्दारीसाथ पालना अनुरोध गरेको छ ।

pokhara internet
Comments
Loading...