NTHMC

गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या १७० पुग्यो

पोखरा / 

गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप संक्रमित फेला परेका हुन् । प्रदेशको बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ र कास्कीका व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी गराएको छ ।

roma
parichay

बाग्लुङ नगरपालिकामा २ जना २१ र ६५ वर्षीय पुरुष, म्याग्दीको बेनी नगरपालिकामा २ जना ४० र ३० वर्षीय महिला, पर्वतको कुश्मा नगरपालिका १ जना २२ वर्षीय पुरुष, लमजुङ ठेगाना भई आबुँखैरनीमा कार्यरत १ जना ३८ वर्षीय पुरुष र कास्कीको पोखरा महानगरपालिका १ जना ४५ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराए । संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

ICAS

कोरोनाको संक्रमण पुष्टी भई विभिन्न जिल्लाको आईसोलेसन कक्षमा उपचाररत ४९ जना निको भएर घर फर्किएको उनले बताए । जसमा ४३ जना पुरुष र ६ जना महिला रहेका छन् । स्याङजाका ४ महिला २८ पुरुष, म्याग्दीका ३ पुरुष, तनहुँ १ महिला ५ पुरुष, पर्वतका १ महिला ७ पुरुष कोरोना निको भएर घर फर्किएका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १७० पुग्यो ।

pokhara internet
Comments
Loading...